नबिल बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड
आर्थिक परिवेश११ वैशाख,काठमाडाै । न बिल बैंक लिमिटेडले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो। यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ। यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्।‘हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र…
नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी
आर्थिक परिवेश७ वैशाख,काठमाडौं । नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि र विकासका लागि समझदारी भएको छ । बुधवार काठमाडाैमा एक कार्यक्रमका बीच दुवै निकायका अधिकारीहरुले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएकाे छ । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गर्नु भएकाे हाे। समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने छ भने विश्वविद्यालयले मानवसंशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख गरिएको छ । यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ…
नयाँ वर्ष २०८० काे अवसरमा नेपाल टेलिकमले ग्राहक अफर उपलब्ध गराउने
आर्थिक परिवेश२९चैत्र, काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेजमा यस्ता सेवा उपलब्ध गराउने टेलिकमले जनाएकाे छ । कम्पनीले ४९ रुपैयामा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ । यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयामा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयामा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रुपैयामा १० दिन चलाउन सकिने २० जीबी डाटा र…
८ महिनामा चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा
आर्थिक परिवेश२८ चैत्र, काठमाडौ । विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति रु १४ खर्ब एक अर्ब नाघेको छ । यही अवधिमा सरकारको चालु खाता भने रु ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २० दशमलव ३ प्रतिशतले कमी आई रु पाँच अर्ब ५८ करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब १७ करोड बराबर मात्रै छ…
वाणिज्य, विकास बैङ्क तथा फाइनान्स कम्पनीहरूले चैत्र १ देखि ब्याजदर घटाउने तयारी
आर्थिक परिवेश३० फागुन, काठमाडौं । नीजि क्षेत्रले बैक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउनु पर्ने भन्दै आन्दाेलन गरिरहेकाे बेला बैङ्क तथा वित्तीय संस्थाहरू बुधबारदेखि लागू हुने गरी बैक ब्याजदर घटाउन सहमत भएका छन् । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घकाे समन्वयमा भएकाे बैठकमा चैत्रमा कर्जा र निक्षेपको ब्याजदर घटाउने विषयमा बैर्कसहरू सहमत भएका हुन । चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने लगायतका ३ महत्वपूर्ण विषयहरूमा बैर्कसहरू बीच सहमती भएको नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले आर्थिक परिवेशलाई जानकारी दिनुभयो । उहाँले संघले ऋणको ब्याजदर सम्बन्धमा के कसरी अघि बढन सकिन्छ भनेर समन्वय …