खाता खाेल्न माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य
आर्थिक परिवेश२५ पुष,काठमाडाैं । नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा मात्रै खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हो । परिपत्रमा भनिएको छ, ’बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ।’ २०८१ माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था…
आर्थिक पत्रकारहरूलाई १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’
आर्थिक परिवेशकाठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)का सदस्यहरूको साँढे १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहकारको जनही रु सात लाखका दरले सामूहिक दुर्घटना बिमा गराएको हो । आज दुई वटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा सदस्यको सामूहिक दुर्घटना बिमा गराएको हो । कुल बिमाङ्क रकम रु १६ करोड ४५ लाख रहेको छ । सम्झौतामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले…
सुन ताेलामा १५ सय रुपैयाले घट्याे
आर्थिक परिवेश२१ पुष काठमाडौँ । नेपाली बजारमा आइतवार सुनको मूल्य उच्च रकमले घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सयरुपैयाले घटेको हो । शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयामा कारोबार भएको छाप भएकाे सुन आइतवार प्रतितोला एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयामा कारोबार भएकाे छ ।
सरकारले शुरू गरयाे वैकल्पिक विकास वित्त कानून तर्जुमाको तयारी
आर्थिक परिवेश१४ पुष, काठमाडौँ । नेपाल सरकारले वैकल्पिक विकास वित्त सम्बन्धी कानूनकाे तयारी शुरू गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त सम्बन्धी कानूनकाे तर्जुमा शुरू गरिएकाे बताउनु भएकाे हाे । “राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण रहेकाेले बैकल्पीक लगानीकाे श्राेतकाे रूपमा वैकल्पिक विकास वित्त सम्बन्धी कानून बनाउने प्रकृया शुरू भएकाे छ,अर्थ मन्त्रालयमा आयाेजित आन्तरिक छलफलमा अर्थमन्त्री पौडेलले भन्नुभयो ,। “त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास…
लक्ष्मी सनराइज बैंक र आइएफसि बीच नेपालमा वित्तीय दुरुपयोग समाधानमा साझेदारी हुने
आर्थिक परिवेश०८ पुष, काठमाडाैं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु चाल्नेछ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ। पति-पत्नि, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरुमाथि नियन्त्रण जमाउदैँ हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यहरुको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरुको दुरूपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरुको नियन्त्रणमा…