चार दिनमा सुनको भाउ तोलामा ४ हजार ५ सयले बढ्याे
आर्थिक परिवेश२७ मंसिर, काठमाडौं । नेपाली बजारमा पछिल्लाे चार दिनमा सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा भने बिहीबार मूल्य स्थिर हो । बिहिवार सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा काराृवार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको पुगेकाे थियाे । चाँदीको भाउ पनि बिहिवार स्थिर भयाे । बिहिवारचाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भएको छ ।
राष्ट्रिय बाणिज्य बैँक अग्रणी बैँक बन्नुपर्छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश१६ मंसिर,काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैँकलाई एक नम्बर बैँक बनाउनेगरी कार्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले वदलिँदो समयसंगै राष्ट्रिय वाणिज्य बैक रुपान्तरीत भै अग्रणी बैँक बन्नु पर्नेमा जोड दिनु भयोे । उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई अनुरोध गर्नुभयो । सेवा विस्तारमा सक्रियताका साथ लागेको बाणिज्य बैँकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रीत गरेर सेवाग्राहीको…
सुन मगलवार पनि ताेलामा २६ सयले घट्याे
आर्थिक परिवेश११ मसिर काठमाडौँ । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो दिन सोमबार १५ हजार नौ सय रुपियाँले घटेर एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपियाँले घटेको छ । आज चाँदी १८ सय २० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रुपियाँमा किनबेच भएको थियो ।
सुनकाे मुल्य एकै दिन सत्र सयले बढ्याे
आर्थिक परिवेश०९ मसिर काठमाडौँ । नेपाली बजारमा आइतवार छाप भएकाे सुन ताेलामा एक हजार ७ सयले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आइतवार सुनको मूल्य ताेलामा एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार दुई सय कायम भएको हो । यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ६० निर्धारण भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापनमा उर्जा दक्षता अनुदान कार्यक्रम शुरु
आर्थिक परिवेश०६ मंसिर,काठमाडौं । नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत बिहिवारदेखि नेपालमा शुरू भएकाे छ । उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धनका निमित्त अनुदान योजना प्रारम्भ भएको हाे । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोग वाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुको साथमा कार्वन उत्सर्जन घटाउनु समेत हो । यस पहल अन्तर्गत ऊर्जा परिक्षकवाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरु कार्यान्वयनमा प्रोत्साहन…