इन्टरनेट सेवा प्रदायक संस्थाबाट कूल तीन अर्ब ६४ करोड रकम असुल गर्न बाटाे खुल्याे
आर्थिक परिवेश

३० बैशाख, काठमाडौँँ ।   वर्ल्डलिङ्क कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका विभिन्न आठ वटा रिट खारेज भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नहकुल सुबेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो । यो फैसलासँगै सरकारलाई रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असरउपर गर्ने बाटो असुलीको बाटो खुलेको छ । महालेखापरीक्षकले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन देखि हरेक वर्ष निरन्तर रुपमा इन्टरनेट सेवा प्रदायकहरूले नेपाल…

सुनकाे मुल्य बुधवार ताेलामा २७ सयले घटयाे
आर्थिक परिवेश

१९ बैशाख, काठमाडौँ ।    स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय रूपैयाले  घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो मङ्गलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपियाँसम्म पुगेको थियो । चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६५० रुपियाँ रहेको चाँदी आज एक हजार ६३० रुपियाँ…

मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि साढे छ प्रतिशतको सीमाभित्रै रहने देखिएको छ : गभर्नर अधिकारी
आर्थिक परिवेश

१५ बैशाख, काठमाडौं। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थव्यवस्था हाल मिश्रित अवस्थामा रहेको बताउनु भएको छ । नेपाल राष्ट्र बैङ्कको ६९औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार नेपाल राष्ट बैकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताउनुभएको हो । “समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेता पनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैङ्क सफल रह्यो”, गभर्नर अधिकारीले भन्नुभयो, । “अघिल्लो आर्थिक वर्ष जस्तै चालु आवमा पनि विप्रेषण आप्रवाह…

नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण
आर्थिक परिवेश

११ बेशाख, नेपालगन्ज ।   भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो । नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ ले नेपाल सरकार सहरी विकास मन्त्रालय तथा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो । भारतले आफ्नो क्षेत्रतिर पनि आइसिपी बनाएको छ भने नेपालतर्फ बनेको आइसिपी हस्तान्तरण गरेको हो । त्यस क्रममा भारतका तर्फबाट दूतावाससहित सम्बन्धित सरोकारवाला अधिकारी तथा नेपालका तर्फबाट मन्त्रालय, विभाग तथा समितिका कार्यकारी निर्देशक…

सुनका मुल्य प्रतिताेला दुई हजार सात सयले घट्याे
आर्थिक परिवेश

११ बैशाख, काठमाडौं  ।   नेपाली बजारमा  मंगलवार  सुनकाे मूल्य उच्च रकमले गिरावट भएको छ । यस दिन  छाप भएकाे सुन प्रति तोला दुई हजार सात सयले घटेकाे हाे  । सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रूपैयामा कारोबार भएको छाप भएकाे सुन मंगलवारका  लागि प्रतितााेला  एक लाख ३५ हजार पाँच सय रूपैयामा काराेवार भएकाे छ । यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा मंगलवार एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । मंगलवार चाँदीको मूल्य  तोलामा  ४५ रूपैयाले  घटेकाे छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रूपैयामा कारोबार…