
रोजगारी सिर्जना गर्न नेपाल लाइफ इन्स्योरेन्स र लर्डवुद्ध बीच सहमति
आर्थिक परिवेशसाउन ४, काठमाडौँ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउन्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले हस्ताक्षर गर्नुभयो । फाउन्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष पङ्कज जलानले बताउनुभयो ।…

कर्मचारी संचय कोषले साउन एक गतेदेखि ब्याजदर घटाउने
आर्थिक परिवेश३१ असार, काठमाडौ । कर्मचारी संचय कोषले अगामी साउन एक गतेदेखि सञ्चयकर्ता कोष, निवृतभरण कोष र सापटी कर्जामा लिने ब्याजदर घटाउने भएको छ । कर्मचारी सञ्चय कोषको असार ११ गतेको बोर्ड बैककले व्याजदर घटाउने निर्णय गरी साउन १ गतेबाट लागु हुने भएको हो । कोषले साउन १ गतेबाट ब्याज घटाउने निर्णय कार्यान्वयन गर्न सम्वद्ध निकायहरुलाई परिपत्र गरेको कोषको मानव संशाधान व्यवस्थापन विभागका प्रमुख प्रवन्धक दामोदरप्रसाद सुवेदीले जानकारी दिनु भयो । साउन १ गतेदेखि लागू हुने यो व्यवीथा अनुसार सञ्चयकर्ता कोष र निवृतभरण कोषमा प्रदान गर्ने बार्षिक ब्याज ७ं.५०प्रतिशत, सञ्चयकर्ता विशेष सापटीमा ८.६० प्रतिशत,घर सापटी शैक्षिक सापटी र घर मर्मत सापटीमा…

राष्ट्रिय वाणिज्य बैंकले ११ नयाँ थपेर शाखा संख्या २८२ पुरयायो
आर्थिक परिवेश३१ असार, काठमाडौ । सरकारी लगानीकाे राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरी देशभर २८२ वटा शाखा पुरयाएको छ । बैकले नयाँ थप गरेका शाखाहरुमा सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय गोकुलेश्वर रहेका छन् । त्यसतै बैकले माेरङ्ग जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार पनि सचालनमा ल्याएकाे छ । सुर्खेत जिल्ला स्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्लास्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्लास्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्लास्थित शाखा कार्यालय वालिङ्गको कारोबार…

नागरिक लगानी कोषले सहभागीहरुलाई थप प्रतिफल दिने
आर्थिक परिवेश३१ असार, काठमाडाै । नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ। कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार त्यसताे निर्णय गरेको हो। आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोषमा मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा सो प्रतिफल दिने निर्णय भएको हो। यसभन्दा अघि पनि कोषले १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिएको थियो। यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा बचत कार्यक्रहरुमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताउनु भयाे । अन्य छ वटा कोषहरुमा…

मर्ज भएर लक्ष्मी सनराइज बैंक लिमिटेडले आजबाट एकीकृत कारोवार गर्दै
आर्थिक परिवेश२९ असार, काठमाडौं। लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि आज र भोलि दुवै बैंकका प्रणाली बन्द गरिएका छन् । दुई दिन बैंकका अरू सबै प्रणाली बन्द भए पनि क्रेडिट कार्ड सुविधा भने चालु रहने बैंकहरुले जनाएका छन् । यी दुई संस्था मर्जरका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । दुवै संस्थाको असार ३ गतेको साधारणसभाबाट पारित मर्जरसम्बन्धी विशेष प्रस्तावबमोजिम नेपाल राष्ट्र बैंकले यही असार २२ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।…