सुनकाे मुल्य उकालाे चढ्दाे क्रममा, ताेलाकै १ लाख ३२ हजार नजिक
आर्थिक परिवेश१९ चैत्र, काठमाडौं । पछिल्लाे समय नेपाली बजारमा सुनकाे मुल्य निरन्तर रूपमा बढदै गएकाे छ । बढ्ने क्रममा साेमवार एकै दिन नेपाली बजारमा पहेँलो बहुमुल्य धातु सुनको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छाप भएकाे सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकाेमा साेमवार भने प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयामा काराेवार भएकाे छ । यस्तै, यस दिन तेजाबी सुन भने अाइतवार एक लाख २९ हजार चार सयमा कारोबार भएकाेमा साेमवार भने एक लाख ३० हजार नौ सय ५० रूपैया प्रतिताेलामा कारोबार भएको छ । यस्तै, यस दिन चाँदीको…
नेपाली बजारमा सुनकाे मुल्यले बनायाे रेकर्ड
आर्थिक परिवेश१५ चैत्र, काठमाडौं। स्थानीय बजारमा बिहिवार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार नौ सय तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला एक हजार चार सय ९० मा कारोबार भएको चाँदी…
विश्व मुद्रा सप्ताह ग्लोवल मनि विक : वित्तीय साक्षरता अभिबृद्धि र वित्तीय सचेतना जगाउन सफल
आर्थिक परिवेश११ चैत्र, काठमाडौं । यही चैत्र ५ गतेदेखि नेपालमा जारी साता व्यापी विश्व मुद्रा सप्ताह ग्लोवल मनि विक आइवार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैकको संयोजनामा नेपाल धितोपत्र बोर्ड नेपाल बीमा प्रधिकारण तथा सहकारी बोर्ड तथा अन्य बैक तथा वित्तीय संस्थाहरुको सक्रियतामा देशका विभिन्न भागमा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने गरी विभिन्न कार्यक्रमहरु सम्पन्न भएको नेपाल राष्ट्र बैकले जनाएको छ । Protect your money secure your future भन्ने नाराका साथ ओइसिडिको आव्हानमा विश्वब्यापी रुपमा मार्च १८ देखि २४ मार्चसम्म विश्वव्यापी रूपमा आयोजना हुने गर्दछ । यसै क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरि…
वित्त आयोगबाट बजेटका लागि वित्तीय समानिकरण अनुदानको परिमाण सिफारिश
आर्थिक परिवेश१० चैत्र,काठमाडौ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक बर्षको संघीय बजेट मार्फत प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय समानिकरण अनुदानको परिमाण निर्धारण गरी सरकारलाई सिफारिश गरेको छ । आयोगले विभिन्न ११ वटा सूचकहरुको आधारमा मूल्याड.कन गरी आर्थिक बर्ष २०८१।२०८२ का लागि नेपाल सरकारले उपलब्ध गराउने वित्तीय समानिकरण अनुदान प्रदेशहरुको हकमा ६० अर्ब र ७५३ स्थानीय तहहरुको हकमा ८८ अर्ब गरी कुल १ खर्ब ४८ अर्ब रकम विनियोजन गर्न सरकारलाई सिफारिश गरेको हो । अनुदान रकम सिफरिश गर्दा आयोगले न्युनतम अनुदान र शुत्रमा आधारित अनुदान गरी कम्तीमा ६ करोड ५० लाख प्राप्त हुने गरी स्थानीय सरकारहरुको आन्तरिक राजस्वको…
राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्छ : गर्भनर अधिकारी
आर्थिक परिवेश२९ फागुन, धुलिखेल । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताउनु भएकाे छ । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगकाे सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भएकाले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझ्ने भाषामा प्रस्तुत गर्नु आवश्यक छ भन्नु भयो । गभर्नर अधिकारीले आर्थिक पत्रकारहरूलाई प्रदान गरिने यस्तो प्रशिक्षण नियमित गर्ने भन्दै प्रशिक्षणको लाभ उठाउन सहभागी आर्थिक पत्रकारहरूलाई आग्रह गर्नु भयाे । अर्थतन्त्र र मौद्रिक नीतिका क्षेत्रमा दैनिक…