एकै दिन सुनकाे मुल्य ३ हजारले बढयाे
आर्थिक परिवेश०२ भदाै काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य…
सुनकाे मुल्य १ लाख ५१ हजार नजिक
आर्थिक परिवेश२९ साउन, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार सा त सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ
लचिलो मौद्रिक नीति : निर्माण व्यवसायीलाई राहत तथा बिना धितो ऋण
आर्थिक परिवेश११ साउन काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ । समग्र मौद्रिक तथा वित्तीय क्षेत्र व्यवस्थापनका लागि राष्ट्र बैंकले सन्तुलित ढङ्गले सजगताका साथ लचिलो मौद्रिक नीति ल्याएको गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको पनि स्वयं गभर्नर अधिकारीले बताइसक्नुभएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका केही मुख्य व्यवस्था यस प्रकारका छन् । बैंकदर र नीतिगत दर घटाइयो ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट साढे छ प्रतिशत र नीतिगत दर साढे पाँच प्रतिशतबाट पाँच प्रतिशत…
शेयर बजारकाे पिरसूचक ५४ अंकले बढ्दा काराेवार रकम १२ अर्ब पाँच करोड
आर्थिक परिवेश०२ साउन , काठमाडौँ । नेपाली शेयर बजारकाे परिसूचक नेप्से बुधवार उच्च अंकले बढेकाे छ । परिसूचक मात्रै हाेइन यस दिन बजारकाे काराेवार रकम पनि उल्लेखनीय रूपमा बढेकाे छ । बुधवार नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको छ । यस दिन तीन सय छ कम्पनीहरूका तीन करोड २० लाख ९५ हजार नौ सय ३७ कित्ता शेयरहरू एक लाख ४९ हजार छ सय ८१ पटक किनबेच हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको छ । बुधवार व्यापार समूहको उपसूचक सबैभन्दा धेरै…
नागरिक लगानी कोषले शेयर धनीहहरुलाई १४ प्रतिशत बोनस सेयर दिने
आर्थिक परिवेश३१ असार, काठमाडौ । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानीबाट शेयर धनीहहरुलाई १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस दिने पस््रताव स्वीकृत गरेको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । उहाँले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको र बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढीरहेको जानकारी दिनुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे जानकारी दिनु हुदै सेयरधनीहरुको सेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत…