नागरिक लगानी कोषले शेयर धनीहहरुलाई १४ प्रतिशत बोनस सेयर दिने
आर्थिक परिवेश

३१ असार, काठमाडौ ।   नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानीबाट शेयर धनीहहरुलाई १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस दिने पस््रताव स्वीकृत गरेको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । उहाँले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको र बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढीरहेको जानकारी दिनुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे जानकारी दिनु हुदै सेयरधनीहरुको सेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत…

देशकाे पहिलाे प्राइभेट बाणिज्य बैक नविलले ३९ बर्षमा मुलुककाे वित्तीय पहुँचमा गर्याे याेगदान
आर्थिक परिवेश

२८ असार, काठमाडौँ ।   मुलुकको अग्रणी बाणिज्य बैक नबिल बैंकले  एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दिगो विकासमा बैकिङ क्षेत्रकाे भुमिका भन्ने विषयमा छलफल गरिएको थियो । काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिनु भयाे । बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नु भयाे …

सहकारीका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले दियाे पाँच बुँदे सुझाव
आर्थिक परिवेश

२४ असार, काठमाडौँ ।   नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको साेमवारको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभएको हाे । बैठकमा अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले पहिलो चरणमा एक लाखसम्म, दोस्रो चरणमा  पाँच लाखसम्म र तेस्रो चरणमा  पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिनु भएकाे समितिले जनाएकाे छ । समस्या समाधान गर्न ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त…

सुनकाे मुल्यमा नयाँ रेकर्ड एकै दिन एक हजारले बढ्याे
आर्थिक परिवेश

२३ असार, काठमाडौं ।  आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ ।  एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ (मे २०) कै रेकर्ड तोड्न सकेको छैन । सो दिन अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४२६ डलर पुगेको सुन…

सुनकाे मुल्य एकै दिन ताेलामा १६ सयले बढयाे
आर्थिक परिवेश

२० असार, काठमाडौं ।   साताकाे  बिहिवार एकैदिन नेपाली बजारमा छाप भएकाे सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ ।