सहुलियतपूर्ण कर्जाकाे दुरूपयाेग भएकाे पाइएमा ब्याजसिहत असुली हुन्छ : गभर्नर
आर्थिक परिवेश७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाकाे उपयाेगका सम्बन्धमा स्वतन्त्र परीक्षकहरूबाट अध्ययन भै रहेकाे जनाएकाे छ । आइतबार मौद्रिक नीतिका वारेमा जानकारी गराउन आयाेजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन प्रतिवेदका आधारमा सहुलियतपूर्ण कर्जाकाे दुरूपयाेग भएकाे पाइएमा रकम ब्याजसिहत असुली गर्ने बताउनु भयाे । गभर्नर अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पार्नु भयाे । गभर्नर अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएकाे बताउनु भयाे । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत…
चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक
आर्थिक परिवेश०७ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैङ्क तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राखेको छ । त्यस्तै, बैंकदर यथावत् राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा जाने ऋण वृद्धि दरलाई थप घटाएको छ। गत वर्ष १२.६ प्रतिशतको लक्ष्य राखेको राष्ट्र बैंकले यसपाली ११.५ प्रतिशत लक्ष्य निर्धारण गरेको छ। १२.६ प्रतिशतको लक्ष्य राख्दा पनि ऋण ६ प्रतिशतभन्दा बढ्न सकेको थिएन। गत आर्थिक वर्षको आर्थिक…
रोजगारी सिर्जना गर्न नेपाल लाइफ इन्स्योरेन्स र लर्डवुद्ध बीच सहमति
आर्थिक परिवेशसाउन ४, काठमाडौँ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउन्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले हस्ताक्षर गर्नुभयो । फाउन्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष पङ्कज जलानले बताउनुभयो ।…
कर्मचारी संचय कोषले साउन एक गतेदेखि ब्याजदर घटाउने
आर्थिक परिवेश३१ असार, काठमाडौ । कर्मचारी संचय कोषले अगामी साउन एक गतेदेखि सञ्चयकर्ता कोष, निवृतभरण कोष र सापटी कर्जामा लिने ब्याजदर घटाउने भएको छ । कर्मचारी सञ्चय कोषको असार ११ गतेको बोर्ड बैककले व्याजदर घटाउने निर्णय गरी साउन १ गतेबाट लागु हुने भएको हो । कोषले साउन १ गतेबाट ब्याज घटाउने निर्णय कार्यान्वयन गर्न सम्वद्ध निकायहरुलाई परिपत्र गरेको कोषको मानव संशाधान व्यवस्थापन विभागका प्रमुख प्रवन्धक दामोदरप्रसाद सुवेदीले जानकारी दिनु भयो । साउन १ गतेदेखि लागू हुने यो व्यवीथा अनुसार सञ्चयकर्ता कोष र निवृतभरण कोषमा प्रदान गर्ने बार्षिक ब्याज ७ं.५०प्रतिशत, सञ्चयकर्ता विशेष सापटीमा ८.६० प्रतिशत,घर सापटी शैक्षिक सापटी र घर मर्मत सापटीमा…
राष्ट्रिय वाणिज्य बैंकले ११ नयाँ थपेर शाखा संख्या २८२ पुरयायो
आर्थिक परिवेश३१ असार, काठमाडौ । सरकारी लगानीकाे राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरी देशभर २८२ वटा शाखा पुरयाएको छ । बैकले नयाँ थप गरेका शाखाहरुमा सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय गोकुलेश्वर रहेका छन् । त्यसतै बैकले माेरङ्ग जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार पनि सचालनमा ल्याएकाे छ । सुर्खेत जिल्ला स्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्लास्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्लास्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्लास्थित शाखा कार्यालय वालिङ्गको कारोबार…