मंगलबार घटेको सेयर बजार बुधबार २०.६७ अंकले बढ्याे
आर्थिक परिवेश६ मंसिर, काठमाडौं । मंगलबार २३ अंकले घटेको सेयर बजार बुधबार भने २०.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८५० विन्दुमा कायम भएको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोडको कारोबार भयो । कुल १९५ कम्पनीहरूको मूल्य बढ्दा ४० को मात्रै घट्यो भने ३ को स्थिर रह्यो । यस दिन सबै उपसमूहका सूचकहरू बढेका छन् । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढेकाे छ । अंकका आधारमा वाणिज्य बैंक समूह…
मंगलवार पनि शेयर बजार दाेहाेराे अंकले घट्याे
आर्थिक परिवेश०५ कार्तिक, काठमाडौँ । नेपाली शेयर बजारकाे परिसूचक नेप्से मंगलबार पनि २३.८२ अंकले घटेको छ । बजारकाे काराेवार रकम पनि यस दिन ठूलाे अन्तरले घटेकाे छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समय सम्ममा १.२८ प्रतिशतको घटेसँगै १८२९ अंकमा आइपुगेको छ । परिसूचक निरन्तर घटेर बन्द हुँदा मंगलवार ३१ वटा कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै २०१ कम्पनीहरूको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा मंगलवार ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको ३६लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजार घटेपनि आज मेन्छियान हाइड्रोपावरको सेयर…
अझै २ र ३ महिनासम्म आइपिओ जारी नगर्ने क्रम लम्ब्याउने तयारी रहेको छ : अध्यक्ष हमाल
आर्थिक परिवेश२९ कार्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल मुुलुकको अर्थतन्त्र र धितोपत्र बजारको अवस्थालाई ध्यानमा राखि आइपिओ तथा एफपिओहरुलाई स्वीकृती दिने क्रमलाई केही सूस्त बनाएको छ । बजारमा आइपिओ तथा एफपिओ निष्काशनका लागि आवेदन दिने कम्पनीहरु धेरै रहेको अवस्था हाल रहेको छ । बजारको घटदो अवस्था तथा लगानीर्ताहरुको कमजोर मनस्थिति जस्ता कुरालाई आधार मानेर स्वीकृती प्रदान गर्ने क्रमलाई केही समयका लागि सुस्त बनाएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताउनु भयो । बोर्डले विगत दुई महिनादेखि यो क्रमलाई सुस्त बनाएको र अझै २ र ३ महिना सम्म यस क्रममालाई लम्ब्याउने तयारी रहेको अध्यक्ष हमालले बताउनु भयो । आइपिओ तथा…
नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ मा
आर्थिक परिवेश१९ कातिर्क, काठमाडौँ । नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय…
नेपाली शेयर बजारमा दाेहाेराे अंककाे सुधार
आर्थिक परिवेश३० असाेज,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक साता पछि दोहोरो अङ्कको वृद्धि देखिएको छ । मंगलवार नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७, निर्जीवन बीमा समूह शून्य दशमलव ५३ र व्यापार समूह एक दशमलव २५ प्रतिशतले घटेको छ…