अर्थमन्त्रीकाे आश्वासन पछि शेयर बजार ८३.३३ अंकले बढ्याे
आर्थिक परिवेश२३ चैत, काठमाडौं । अघिल्लो दिन १०५ अंकले घटेको नेपाली सेयर बजार सोमबार भने ८३.३३ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ : ३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज कारोबार अवधिको उच्चतम रह्यो । अघिल्लो दिन उच्च अंकले बजार घटेपछि साेमवार बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास फैलिएको बताउनु भएकाे थियाे । पदाधिकारीहरूसंगकाे भेटमा अर्थमन्त्रीले आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शिताका लागि सरकारले काम गर्ने आश्वासन दिनु भएकाे थियाे । त्यस्तै…
परिसूचक ७४.७३ अङ्कले घटेर २७७६.३६ को बिन्दुमा
आर्थिक परिवेश१८ चैत,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो । आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर १ लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ । बुधवारकाे कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ दुई दशमलव ३१, विकास बैंक तीन दशमलव १८, वित्त तीन दशमलव शून्य तीन, होटल तथा पर्यटन दुई दशमलव १२, जलविद्युत् दुई दशमलव ८१, लगानी दुई…
पूँजीबजारको विकास र सुधारका लागि सरकार समक्ष ८ बुँदे माग
आर्थिक परिवेश१७ चैत , काठमाण्डाै । नेपालका तीन प्रमुख लगानीकर्ता संगठनहरूले पूँजीबजारको विकास र सुधारका लागि सरकार समक्ष ८ बुँदे माग गरेका छन्। लगानीकर्ताहरुले पूँजी बजारलाई धराशयी हुनबाट जोगाउन र लगानीकर्ताको मनोबल उच्च बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। पूँजी बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिइने भएपनि सरकारको हालैको सय कार्य योजनामा बजार सुधारका बुँदाहरू नसमेटिएकोमा लगानीकर्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले अर्थमन्त्रीलाई सम्बोधन गर्दै निम्न ८ बुँदे मागहरू तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेका छन्। १. विगत तीन चार वर्षदेखि नेपाल धितोपत्र बोर्डमा भएको आर्थिक चलखेल र आईपीओ निष्कासनमा देखिएका व्यापक नीतिगत घोटालाहरूको छानबिन गर्न एक स्वतन्त्र र उच्चस्तरीय छानबिन आयोग…
शेयर बजारमा मंगलवार दोहोरो अङ्कको सुधार
आर्थिक परिवेश१७ चैत, काठमाडौँ । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्जकाे परिसूचकमा मगलवार दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक १९ दशमलव ७० अङ्कले बढेर दुई हजार ८५१ दशमलव ०९ को विन्दुमा कायम भएको हो । ३३९ कम्पनीको दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर एक लाख ३७ हजार ८५७ पटक खरिद–बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ५५ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।…
२४.४५ अंकले घटेकाे बजारमा १५ अर्ब ९ करोडको किनबेच
आर्थिक परिवेश११ चैत, काठमाडौं । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार बढेको नेपाली शेयर बजार बुधबार भने घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा बुधवार २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । मगलवारका दिन नेप्से २३.८३ अंक बढेको थियो । यस दिन बजार घट्दा पनि कारोबार रकम भने बढेको छ । मगलवार १४ अर्ब ८३ करोडको कारोबार भएको बजारमा बुधवार १५ अर्ब ९ करोडको शेयरकाे किनबेच भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशतले बढ्यो । अघिल्लो दिन…