नेप्से परिसूचक १५.५४ अंक बढेर २१३१ मा काराेवार पनि वृद्धि
आर्थिक परिवेश९ जेठ, काठमाडौं । ५ कारोबार दिनदेखि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । बुधबार बजारको परिसूचक नेप्से १५.५४ अंक बढेर २१३१ मा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६८ करोडको भयो । नेप्से बढे पनि अधिकांश १६१ कम्पनीको मूल्य घट्यो । ८१ को बढ्यो भने ५ कम्पनी स्थिर रहे । बैंकिङ समूह नै सबैभन्दा धेरै ४.२३ प्रतिशत बढेको छ । बैंकिङका अलवा विकास बैंक ०.३३, होटल तथा पर्यटन १.९० प्रतिशत बढे । ब्यापार ०.०३, अन्य ०.६१, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.१, उत्पादन ०.१५, जीवन…
मौद्रिक समीक्षाकाे प्रभाव : नेप्से परिसूचकमा उच्च अंककोे वृद्धि
आर्थिक परिवेश०६ जेठ काठमाडौं । साताको कारोवारको पहिलो दिन आइतवार नेपाली शेयर बजारको परिसूचतक नेप्सेमा उच्च अंककोे वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो । आइतवार परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ । यस दिन तीन सय २३ कम्पनीहरुका एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयरहरु पाँच अर्ब २५ करोड १० लाख २५ हजार मुल्यमा किनबेच भएका छन् । यस दिन सबैभन्दा धेरै…
नेपाल धितोपत्र बाेर्डले ब्राेकर कमिसन घटायाे
आर्थिक परिवेश०१ जेठ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मंगलवारलेखि लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको नेपाल धिताेपत्र बाेर्डले जनाएको छ । “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ”, बोर्डले भनेको छ । यसअघि रु ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत सेवा शूल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, ५० हजारदेखि पाँच…
नेपाली सेयर बजारको परिसूचक नेप्से २४.३९ अंकले बढ्याे
आर्थिक परिवेश३१ बैशाख, काठमाडौ । सोमबार नेपाली सेयर बजारको परिसूचक नेप्से २४.३९ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक १९९८.८९ अंकमा कायम भएको छ । नेप्सेसँगै यस दनि बजारको कारोवार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब १५ करोडको कारोबार भएकोमा बजारमा सोमवार ३ अर्ब ४० करोड रुपैया बराबरको कारोवार भएको छ । यस दिन १४८ कम्पनीहरुको शेयरमूल्य बढ्दा ८५ कम्पनीहरुको घट्यो भने ११ को स्थिर रह्यो । सोमबार नै अधिकांश वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका कारण पनि बजार बढ्नमा टेवा पुग्यो । यस दिन बजारलाई बैंकिङ समूहले नै बढाउन मद्धत…
साताकाे पहिलाे दिन शेयर बजारमा सामान्य सुधार
आर्थिक परिवेश०२ बैशाख, काठमाडौं। नयाँ बर्षकाे पहिलाे काराेवार दिन आइतवार नेपाली बजारकाे कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले घटेर दुई हजार २३ दशमलव ३५ मा अंकमा सीमित भएको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०१ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव २० मा पुगेको छ । आइतवार विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता शेयरहरू तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय मूल्यमा किनबेच भएका छन् । यस दिन कारोबार भएका मध्ये एक सय…