
शेयर बजारमा बुधवार सूचक र रकम पनि घट्याे
आर्थिक परिवेश३१ साउन,काठमाडौं। नेपाली शेयर बजारकाे सूचक बुधबार २०.३१ अंकले घटेको छ। एक प्रतिशतले घटेर नेप्से सूचक २०२५ अंकमा ओर्लिंदा होटल तथा पर्यटन समूहमा भने लगानीकर्ताको आकर्षण बढेको छ। १३ वटै उपसमूहमा गिरावट आएको छ। सात वटा उपसमूह १ प्रतिशतभन्दा धेरैले घटेका छन्। होटल तथा पर्यटन उपसमूह भने ०.०१ प्रतिशत मात्रै घट्यो। गत आर्थिक वर्षको सुधारोन्मुख व्यवसायले चन्द्रागिरी हिल्स र कालिन्चोक दर्शन दुवै कम्पनीको सेयर मूल्य बढेको छ। होटल तथा पर्यटन समूह अन्तर्गतको ब्लू चिप मानिने सोल्टी होटलको मूल्य अन्तिम समयमा बढ्यो। कम्पनीको कारोबार पनि उल्लेख्य भएको छ। मूल्य प्रतिकित्ता ४८ रुपैयाँ घटेको हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ८ करोड ४१ लाख रुपैयाँको…

बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई दियाे इजाजत
आर्थिक परिवेश२६ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई इजाजत दिएको छ । बोर्ड सञ्चालक समितिको २४ साउनमा बसेको बैठकले सीमित कार्य गर्ने तीन वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिनु भयाे । ब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीहरूमा जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनी रहेका छन् । उनीहरूलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा इजाजत दिएको हो । धितोपत्र दलाल व्यवसायीका लागि बोर्डमा आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले पूर्व स्वीकृति दिएको थियो । जसमध्ये ३२ वटा दलाल व्यवसायीले इजाजात पाएको बोर्डका प्रवक्ता श्रेष्ठले बताउनु भयाे …

लगातार तीन दिनसम्म ओरालो लागेको शेयर बजार उच्च अङ्कले बढ्याे
आर्थिक परिवेश२४ साउन,काठमाडाैं । यो साता लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्जको ( परिसूचकमा चौथो दिन भने उच्च अङ्कले वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो । बुधवार दुई सय ६५ कम्पनीहरुका ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक किनबेच हुँदा एक अर्ब ८८ करोड ८३ लाख २६ हजार बराबरको कारोबार भएको छ । यस दिन म्युचुअल फन्ड शून्य दशमलव ०६ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह…

शेयर बजारको कारोबार उच्च अंकले घटयो
आर्थिक परिवेश२१ साउन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेपाली शेयर बजारको परिसूचक उच्च अङ्कले घटेको छ । आइतवार परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ । यस दिन विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयरहरु दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार मूल्यमा किनबेच भएका छन् । यस दिन सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ९६ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ६० अङ्कले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको १२…

धिताेपत्र बजारकाे नियामक नेपाल धितोपत्र बोर्डले नीति कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
आर्थिक परिवेश१४ साउन, काठमाडाै । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले गत वर्ष गरेका समीक्षा गर्नुका साथै आउने दिनमा गर्ने कार्यक्रमहरू नीति तथा कार्यक्रम मार्फत आइतबार सार्वजनिक गरेको हो। बोर्डले आर्थिक वर्ष २०८०/८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ। विकास तर्फ आउने वर्ष गैर आवासीय नेपालीलाई दोस्रो बजारमा खुला गर्न आवश्यक कानुन संशोधन गर्ने जनाएको छ। जुन यस अघिका कार्यक्रममा समेत हुने गरेको थियो। जुन कार्यक्रमले चालु वर्ष पनि निरन्तरता पाएको छ। त्यसैगरि धितोपत्र व्यवसायी का लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्ने…