नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा
आर्थिक परिवेश१३ चैत्र, काठमाडौँ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । यस दिन नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ । मंगलवारकाे कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको…
नेप्से परिसूचक दोहोरो अङ्कले घटेर २०३१ दशमलव ५५ को बिन्दुमा
आर्थिक परिवेश१२ चैत्र, काठमाडौं । नेपाली शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)काे परिसूचकमा आज दोहोरो अङ्कले घटेकाे छ । यस दिन नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यस दिन तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयरहरू दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक…
शेयर बजारमा उच्च वृद्धि परिसूचक २ हजार १ सय माथि
आर्थिक परिवेश२९ फागुन, काठमाडौं । मंगलवार नेपाली शेयर बजारको नेप्सेमा परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । यस दिन परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ । यस दिन विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार कित्ता शेयरहरु चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयामा किनबेच भएका छन् । मंगलवार कारोबारमा आएका सबै समूहको उपसूचक बढेको छ । यस दिन पाँचवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार…
याे साता शेयर बजार उच्च अंकले वढ्याे नेेप्से २०३० मा
आर्थिक परिवेश२५ फागुन,काठमाडौं। सत्ता गठबन्धन परिवर्तनको प्रभाव यो साताको नेपाली शेयर बजारमा देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ । सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले…
शेयर बजारकाे कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढयाे
आर्थिक परिवेश२४ फागुन, काठमाडौं । बिहिवार नेपाली शेयर बजारकाे कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अंकले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर रु तीन अर्ब १९ करोड ९२ लाख…