शेयर बजारमा दोहोरो अंकको वृद्धि
आर्थिक परिवेशशेयर बजारमा दोहोरो अंकको वृद्धि काठमाण्डौ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक मंगलवार दोहोरो अङ्कले वृद्धि भएको छ । यस दिन नेप्से सूचक १६.२७ अङ्कले बढेर दुई हजार ४५.६९ अंकमा पुगेको छ । मंगलवार २१३ कम्पनीहरुका ५७ लाख १३ हजार २४८ कित्ता शेयरहरु दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा किनबेच भउका छन् । यस दिन कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । मंगलवारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब २१ अर्ब ३५ करोड ३४ लाख ९५ हजार ४६२ बराबर रहेको छ ।
पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार
आर्थिक परिवेशकाठमाडौँ । नेपाल पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार भएको छ । करिब दुई वर्षको मेहनतपछि नेपाल राष्ट्र बैङ्कले तयार पारेको सूचकाङ्क शुक्रवार सार्वजनिक गरेको छ । अब हरेक तीन महिनामा सूचकाङ्क सार्वजनिक गरिने भएको छ । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क तयार पारिएको हो । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार काठमाडौँमा एक विशेष कार्यक्रममा नयाँ सूचकाङ्क सार्वजनिक गर्नुभयो । राष्ट्र बैङ्कले सूचकाङ्क तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको थियो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–७७ मा वाणिज्य बैङ्कहरूबाट प्राप्त तथ्याङ्कको आधारमा…
तरलता व्यवस्थाका निम्ति बैङ्किङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै
आर्थिक परिवेशकाठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैङ्कले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैङ्किङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैङ्कले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैङ्कले यसअघि यही महिनामा दुई पटक रिपो जारी गरिसकेको छ । बिहीबार जारी हुने रिपोसहित अब रु ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैङ्क तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैङ्कले जनाएको छ । तरलता…