देशले हाल भोग्नु परेको आर्थिक समस्या समाधानका लागि गुणात्मक सुधार आवश्यक प्रधानमन्त्री
आर्थिक परिवेश

२५ असोज, काठमाण्डौ ।  मुलुकले हाल बेर्होनु परेको आर्थिक समास्याका वारेमा छलफल गरी साझा धारणा बनाउन र समस्याको समाधानको मार्ग पहिल्याउन नेपाल उद्योग बाणिज्य महासंघले राष्ट्रिय आर्थिक बहसको आयोजना गरेको छ । सुधारका लागि सहकार्य भन्ने उदघोषका साथ महासंघले बिहिवार काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा महासंघले मुलुकको आर्थिक समास्याको समाधान गर्न र मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट उच्चस्तरीय आर्थिक सुधार आयोगको गठन गर्न सरकारलाई प्रस्ताव गरेको छ । बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशले हाल भोग्नु परेको समस्या सानो तिनो सुधारले सम्भव नभएको भन्दै त्यसका लागि गुणात्मक सुधार आवश्यक भएको बताउनु भयो ।…

विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न, ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्रीकाे जाेड
आर्थिक परिवेश

२४ असाेज, मोरक्को ।   विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भयो । सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंनु भएकाे छ । बैठकमा नेपालका अर्थमन्त्री तथा विश्वबैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले हामी बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनु पर्ने बिश्व बैकको थिमलाई समर्थन जनाउँदै जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’…

काठमाडौँ विश्वविद्यालयमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको राष्ट्रपतिबाट उद्घाटन
आर्थिक परिवेश

२४ असाेज,काभ्रेपलान्चोक ।  काभ्रेको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै  राष्ट्रपति रामचन्द्र पौडेलले आजको युग विज्ञान–प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको युग भएको बताउनुभयो  । भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प हामीसँग छैन’–राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले ‘मानव मस्तिष्कको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वताले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पनि पार लगाउँदै अगाडि बढ्नु पर्नेछ भन्नु भयाे । मानवता मैत्री,…

राज्यमाथि जनताको नियन्त्रण, निगरानी जति प्रभावकारी हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

 २० असोज , काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताउनुभएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्व उपमेयर कविता ढुंगानाद्वारा लिखित पुस्तक स्थानीय सरकार : अपेक्षा र अवस्था पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “कविताजीको यो पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको सैद्धान्तिक र व्यवहारिक कृति हो। यस्तो महत्वपूर्ण कृतिका लागि लेखकलाई बधाइ व्यक्त गर्दछु।” “संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो। यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा छौं। यस सन्दर्भमा हामी सबैले गम्भीर रूपमा चिन्तन गर्न जरूरी…

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त
आर्थिक परिवेश

१७ असोज ,काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७ को निर्णय (मा. मन्त्रीस्तर) अनुसार उहाँलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ । उहाँले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने  (२०८० असोज १७ गते) देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन…