असोजमा भित्रियो १ खर्ब ३६ अर्ब रेमिटेन्स, चालु खाता ५९ अर्ब बचतमा
आर्थिक परिवेश

२४ कार्तिक, काठमाडौं। असोज महिनामा मात्र नेपालमा  १ खर्ब ३६ अर्ब रुपैयाँ बिप्रेषण  रेमिटेन्स रकम  भित्रिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको विवरण अनुसार असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब ३६ अर्ब असोजमा भित्रिएको हो। चाडपर्वले गर्दा रेमिटेन्स रकम ह्‍वात्तै बढेको छ। रेमिटेन्स गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसपालि ३० प्रतिशतले बढेको हो । बाह्‍य क्षेत्रमा निक्कै सुधार आएको राष्ट्र बैंकले जनाएको छ। रेमिटेन्सको बढ्दो दर र आयात बढ्न नसकेका कारण बाह्‍य क्षेत्रमा सुधार आएको हो। असोजमा १ खर्ब ४८ अर्बको आयात भएको छ। आन्तरिक मन्दीले उपभोग्य…

मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा सडक मार्गले जाेडिए
आर्थिक परिवेश

१९ कात्तिक,म्याग्दी, ।  गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा सडक मार्गले जाेडिएका छन् ।  त्यस क्षेत्रकाे विकासमा याे सडककाेशे ढुड.गाकाे रूपमा उदय भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले चार वर्षको प्रयासमा मुस्ताङ र डोल्पा जोड्ने सडक मार्ग खोल्ने काम सकिएको जानकारी दिनुभयो । “मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा शनिबार पहिलो पटक ट्याक्टर आवतजावत गरेका छन्,” उहाँले भन्नुभयो “हप्ताँै लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी अब एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा…

नेपालभर कुल ७५ लाख ५२ हजार ६६घर, करिब ६० प्रतिशत घर एक तले
आर्थिक परिवेश

काठमाडौं- नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले साेमवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कुल ७५ लाख ५२ हजार ६६ वटा घर छन्। जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन्। विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले घर छन्। नेपालमा एक दशमलव तीन प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन्। ‘मधेस प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छन्…

नेपालीहरुको महान पर्व दशै अन्तरगत आज देशभरका शक्ति पीठहरुमा नवदुर्गा भगवतीको विशेष पूजा
आर्थिक परिवेश

६ कार्तिक,काठमाडौ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने…

१३२ केभी प्रसारण लाइनको तार फेर्न अवरोध,वीरगञ्ज क्षेत्रमा लोडसेडिङ गर्नु पर्ने हुन्छ : कुलमान घिसिङ
आर्थिक परिवेश

२७ असोज, काठमाडौं ।   सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्ष अघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनु पर्ने, उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनु पर्नेलगायतका माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण गत १९ असोजबाट काम ठप्प छ । नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमताबृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम…