धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्था सम्बन्धी अध्ययन गर्न चिन्तामणि सिवाकोटीको संयोजकत्वमा समिति गठन
आर्थिक परिवेश

१० माघ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हिउँदे अधिवेशनमा महत्वपूर्ण विधेयकहरू ल्याउने र पारित गराउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ससंदलाई सरकारले दिने बिजनेसको तयारी बारे सञ्चारकर्मीको जिज्ञासामा सञ्चार मन्त्री शर्माले समसामयिक रुपमा परिमार्जन गर्नुपर्ने तथा नयाँ बनाउनुपर्ने विधेयकहरू संसदमा धेरै भन्दा धेरै विधेयक ल्याउने र पारित गर्ने गरी सरकारको तयारी रहेको जानकारी दिनुभयो । यस्तै, सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को निर्वाचन लगायतका विषयमा देखिएको विवाद समाधान गर्न छानबिन समिति गठन गरेको छ । पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार…

आगामी बजेट माफर्त अधुरा आयोजना सम्पन्न गर्न जोड दिइने : प्रधानमन्त्री
आर्थिक परिवेश

०९ माघ,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताउनुभएको छ। मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले प्रधानमन्त्रीले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ। बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको…

बुढीगण्डकी बहुआयमिक प्रोजेक्ट हो, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री
आर्थिक परिवेश

०९ माघ, काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गर्नुभएको छ। बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले आयोजना निर्माणको कामलाई तीव्रता दिएर जानुपर्ने बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “बुढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौँ। तसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्दछ।” जग्गा अधिग्रहण गरी मुआब्जासमेत बितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माण कार्यबारे कुनै प्रकारको अन्यौलमा नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल…

स्वदेशी तथा मौलिक विशेषता बोकेका रैथाने कृषिउपजकाे संरक्षण गर्नुपर्नेमा जोड
आर्थिक परिवेश

०५ माघ, काठमाडौँ ।   स्वदेशी  मौलिक विशेषता बोकेका रैथाने कृषिउपज लोपोन्मुख हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्नेमा  ललितपुरमा  आयोजित एक कार्यक्रमका वक्ताहरूले जाेड दिनु भएकाे छ । दोस्रो राष्ट्रिय कृषि जैविक  दिवस एवं सप्ताह समारोह समितिले आज यहाँ आयोजना गरेको कृषि जैविक विविधता एवं रैथाने बालीउपज प्रदर्शनीकाे उद्घाटन   गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले  मुलुककाे आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयाे । मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिंदै त्यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्‍याउने बताउनु भयाे  । कृषि मन्त्री डा. भुसालले कृषि क्षेत्रमा रहेका…

चालु बजेटको १४ दशमलव आठ प्रतिशत रकम सामाजिक सुरक्षा भत्ताका लागि
आर्थिक परिवेश

०३ माघ,काठमाडौँ ।  वार्षिक बजेटको ठूलो अंश सामाजिक सुरक्षामा खर्च हुन थालेपछि अधिकारभन्दा आवश्यकतामा आधारित सामाजिक सुरक्षा उपलब्ध गराउने नीति सरकारले अबलम्बन गरेको छ । सरकारको आर्थिक स्रोत अपेक्षित रुपमा बढ्न नसक्ने तर दायित्व भने वर्षेनी थपिँदै जाने अवस्थामा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्ने नीति सरकारले लिएको हो । गत मङ्सिर २१ गतेको मन्त्रिपरिषद् बैठकले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना, २०८० स्वीकृत गरेको थियो । सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत सूचना प्रणालीमा आबद्ध गर्ने, तीन तहका सरकारको जिम्मेवारी बाँडफाँट गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राख्नेलगायत विषयलाई समेटेर यो संरचना ल्याइएको राष्ट्रिय योजना आयोगका सदस्य डा…