देशको भूगोल अनुसार सुरुङ मार्गमा जान सरकारलाई विज्ञको सुझाव
आर्थिक परिवेश

२४ साउन,काठमाडौ ।  सडक पूर्वाधार क्षेत्रका विज्ञहरुले धेरै खर्चिलो भए पनि देशको भूगोल अनुसार सुरुङ मार्गमा जान सरकारलाई सुझाव दिनुभएको छ । विज्ञहरुले जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुने गरेकाले त्यसतो समस्या समाधान गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न पनि सरकारलाई सुझाव दिनु भएको छ । सडकको सुरक्षा,प्रयोग र भावी बन्ने सडकका योजना, निर्माण प्रविधि लगायतका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार भौतिक पूर्वाधार क्षेत्रका विज्ञहरुसँग गर्नुभएको छलफल विज्ञहरुले त्यसतो सुझाव दिनु भएको हो । सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर पूर्वाधार विज्ञ  सुर्यराज आचार्य,…

भ्रष्टाचारविरूद्ध सतिसाल झैं उभिने प्रधानमन्त्रीकाे प्रतिवद्ता
आर्थिक परिवेश

असार २०, काठमाडौं।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचार विरोधी लडाइँमा सतिसाल झैं उभिने बताउनु भएको छ। बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताउनुभएको हो। उहाँले भन्नुभयो, “सरकारको नेतृत्व लिएदेेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कार्वाही सुरू भएको छ। ललिता निवासको फाइल फेेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला- थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ।” “२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं। तर, पार्टी एकतावद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो” उहाँले भन्नुभयो, “फेरि…

औद्योगिकीकरणमा नयाँ शुरुआत : थप सात स्थानमा औद्योगिक ग्राम स्थापना हुने
आर्थिक परिवेश

१५ असार,काठमाडाैं  ।  मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन् । यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले ती औद्यौगिक ग्राम स्थापना गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणापत्र अनुसार कानून तर्जुमा गर्न सैद्धान्तिक…

मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी
आर्थिक परिवेश

१३ असार, काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको । कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरुसँग जोडिएको विषयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले गुरुङ र उनको परिवारको नाममा २९ रोपनी ललिता निवासको जग्गा रहेको पाइएको जानकारी दिनुभयो । उहाँले अन्यको हकमा चार, पाँच रोपनी जग्गा रहेको देखिएको बताउनुभयो । यस्तै अर्का पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले भने मालपोत कार्यालय भक्तपुरको तत्कालीन अधिकृत हुँदा पाँच रोपनीभन्दा बढी ललिता निवासको…

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसिहत अन्य पाँच पक्राउ
आर्थिक परिवेश

१२ असार, काठमाडौँ ।  काठमाडाैकाे बालुवाटार अवस्थित ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की छन् । सिआइवीले कीर्ते गरेको कसुरमा उनीहरू विरुद्ध अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । गुरुङसँगै आज उक्त प्रकरणमा छ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको…