
पिएसबिका कार्यकारी अध्यक्ष डा.विष्टद्वारा पद तथा गोपनीयताको शपथ
नेपालमा सार्वजनिक सेवा प्रसारण०१ पुष, काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले साेमवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कार्यकारी अध्यक्ष डा.विष्टले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सार्वजनिक सेवा प्रसारण परिषद्का अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । डा विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बन्नुभएको थियो । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले डा.विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले सार्वजनिक सेवा प्रसारण संस्थाको एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिनाअघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको…

सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा.महेन्द्र विष्ट नियुक्त
आर्थिक परिवेश०१ पुष काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा.महेन्द्र विष्ट नियुक्त हुनुभएको छ। मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले डा.विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नवनियुक्त अध्यक्षको अहिले केहीबेरमा सपथ गरिने मन्त्रालयले जनाएको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिनाअघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याइएको थियो । सोही ऐनअनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. विष्टलाई नियुक्ति हुनुभएको हो ।

अपाङ्गगताको तथ्याडंक संकलन गरी सहायक सामग्री वितरण गरिनेछ : नगरप्रमुख अधिकारी
आर्थिक परिवेश१५ मंसिर टोखा,काठमाण्डौ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिका भित्रका सबै अपाङ्गगता भएका नागरिकहरुको तथ्याडंक संकलन गरी उनीहरुलाई सहायक सामग्री वितरण गरिने बताउनुभएको छ । ३३ औं विश्व अपाङ्गगता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालले अविलिज फाउण्डेशन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि पैरवी, शिप तथा मुल्याडंकन सम्बन्धी क्षमता विकास तालिम कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले स्वीकृती दिएर बनाउने जुन सुकै भवनका संरचनाहरु अपाङ्गता मैत्री हुने गरी निर्माण गर्नु पर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले नगरभित्रका ६० बर्ष भन्दा बढि उमेर भएका नागकिहरुका लागि संचालन गरेको स्वास्थ्य परीक्षण कार्यक्रमबाट धेरै नागरिक लाभान्वित भएको समेत उल्लेख गर्नु भयो…

हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं : राष्ट्रपति पौडेल
आर्थिक परिवेश२७ कार्तिक बाकु,अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभएको छ । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गर्नुभएको हो । “हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्याउँछ भन्ने विश्वले बिर्सन हुन्न”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले यसका…

नेपाल विश्वविद्यालयकाे उद्घोषण संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्नेमा जाेड
आर्थिक परिवेश२२ कार्तिक ललितपुर । नेपालमा समय सुहाउदाे शिक्षााकाे अभावमा नेपाली विदयार्थीहरु विदेशीने कंम बढिरहेकाे बेला नेपालमा अध्ययन अध्यापनकाे पृथक शैली अपनाउने गरी नेपाल विश्वविद्यालय शुरु भएकाे घाेषणा गरिएकाे छ। संरचना र सञ्चालनका केही छुट्टै विशेषता भएको नेपाल विश्वविद्यालयले संरक्षक परिषद्बाट सञ्चालन हुने शासकीय स्वायत्तता कायम राख्दै, बहुविधागत अवधारणामा आधारित शैक्षिक कार्यक्रमलाई अघि बढाउने गरी नेपाल विश्वविद्यालय शुरु भएकाे हाे । नेपाल विश्वविद्यालयकाे उद्घोषण गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल विश्वविद्यालयको बिहिवार ललितपुरमा भएको विश्वविद्यालय उद्घोषण सभा कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो…