संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
आर्थिक परिवेश

२२ वैशाख, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नु भएकाे छ। मंगलबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले पुनर्विचारका लागि सरकारलाइ  पठाउनु भएकाे थियाे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो। सरकाले केही परिमार्जन सहित अध्यादेश पठाए पछि राष्ट्रपति पाैडेलले पुन स्वीकृत भएकाे हाे  । यसअघि राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरिसक्नु भएकाे छ । यस अघि सरकारले पठाएका ७ अध्यादेश  मध्ये  संवैधानिक  परिषद् सम्बन्धी अध्यादेश मात्रै रोकिएको थियो। अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र…

अध्यादेश पछि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरू स्वतः पदमुक्त
आर्थिक परिवेश

 २० बैशाख,काठमाडौँ ।   सरकारले  विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा उक्त व्यवस्था गरिएको छ । उक्त दफामा सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा जुनसुकै सर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरू कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । उक्त अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज सार्वजनिक गरेको हो । सो अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको…

राष्ट्रपतिबाट थप तीन वटा सहित छ अध्यादेश जारी
आर्थिक परिवेश

१९ वैशाख, काठमाडौं ।    राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश शनिवार जारी गर्नु भएकाे छ  । शनिवार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी भएको हुन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले थप तीन वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनु भयाे  । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले यसअघि सहकारी र सार्वजनिक  खरिद सम्बन्धी अध्यादेश गरी ३ अध्यादेश जारी गर्नु भएकाे छ …

राष्ट्रपतिबाट महत्वपूर्ण २ अध्यादेशहरू जारी
आर्थिक परिवेश

१७ बैशाख, काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुककाे अार्थिक विकासका लागि महत्वपूर्ण मानिएका दुइ अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिवार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको जारी गर्नुभएको हाे । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश हरू जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिभवनबाट बिहीबार जारी विज्ञप्ति अनुसार, नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भए अनुसार यो अध्यादेश आजैका मिति अर्थात्…

 काठमाण्डाै‌काे चक्रपथ विस्तारका लागि दोस्रो सम्झौता
आर्थिक परिवेश

१६ बैशाख, काठमाण्डाै ।   काठमाण्डाै‌काे चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएकाे छ । सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ। सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक…