सूचना प्रविधि जनशक्ति उत्पादनमा सहयाेग गर्न पाठ्यक्रममा बहस सुरु
आर्थिक परिवेश५ जेठ,काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ । विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाई उद्योग तथा व्यापारिक प्रतिष्ठानको माग सम्बोधन गर्नुपर्ने सुझाव दिनुभएको छ । यसै सन्दर्भमा सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूको साझा संस्था ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज’ (नास–आइटी)द्वारा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा विषय विज्ञहरूले समयानुकुल दक्ष जनशक्ति उत्पादनका लागि नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । सो अवसरमा नास–आइटीका अध्यक्ष गौरव पाण्डेले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारलाई समेत दृष्टिगत गरी सूचना प्रविधिसम्बन्धी विषयको पाठ्यक्रम तयार गर्नुपर्ने सुझावलाई आत्मसात् गरी…
स्कटल्यान्ड ६ विकेटले पराजित नेपाल पाँचौँ स्थानमा
आर्थिक परिवेश०४ जेठ, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्रगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । नेपाल यसअघि सातौं स्थानमा थियो । त्यसका लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने
आर्थिक परिवेश०३ जेठ, काठमाडौँ । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ । विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा रु ४१ अर्ब ६५ करोड बराबरको खाना पकाउने ग्यासको…
दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारलाई सुझाव
आर्थिक परिवेश२ जेठ, काठमाडौं । महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारलाई सुझाव दिएको छ । आन्तरिक उत्पादन, रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अवलम्बन गर्नुपर्ने कार्यालयको सुझाव छ । कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार वैश्विक आर्थिक अस्थिरता, प्राकृतिक विपद् तथा बाह्य जोखिमका सम्भावित प्रभावलाई ध्यानमा राखी आर्थिक तथा वित्तीय क्षेत्रमा पर्न सक्ने दबाब न्यूनीकरण गर्न पूर्वतयारी र जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्नुपर्ने सुझाव छ । यस्तै, नगदमा आधारित आर्थिक गतिविधिलाई क्रमशः न्यूनीकरण गर्दै ‘डिजिटल’ भुक्तानी प्रणाली विस्तार गरी औपचारिक अर्थतन्त्रको दायरा फराकिलो बनाउनुपर्ने भनेकाे छ । त्यसका लागि…
मुलुककाे बेरुजु ७ खर्ब ५५ अर्ब रुपैया बराबर
आर्थिक परिवेश०१ जेठ, काठमाडौँ । मुलुकको कूल बेरुजु रकम सात खर्ब रुपैया माथि पुगेको छ । महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम सात खर्ब ५५ अर्ब रुपैया बराबर पुगेको उल्लेख छ । महालेखापरीक्षकको कार्यालयले आव २०८१/८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह, सङ्गठित संस्था र सङ्घीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैया बराबरको लेखापरीक्षण गरेको छ । महालेखापरीक्षक तोयम रायाका अनुसार, गत भदौ भदौ २३ र २४ को आन्दोलन र घटनाका कारण १७९ कार्यालय तथा निकायको लेखा र सोसम्बन्धी स्रेस्ता पेस नभएकाले रु…