अर्थतन्त्रमा देखापरेका समस्याकाे समाधानका लागि सार्थक प्रयास गर्ने सरकारकाे निर्णय
आर्थिक परिवेश

का‌ठमाडौं । नवगिठत सरकारकाे मन्त्रिपरिषद्काे पहिलाे बैठकले देशकाे अर्थतन्त्रमा देखापरेका समस्याहरूकाे समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साेमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ । सेवा प्रवाहलाई सरल र कम खर्चिलो तथा झन्झटमुक्त बनाउने निर्णय मन्त्रिपरिषद्काे बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै साेमवार साँझ सिंहदरबारमा मान्त्रिपरिषद्को पहिलो बैठक बसेको हो । उपप्रधानमन्त्री पौडेलका अनुसार अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन…

कठिन अर्थतन्त्रको वागडोर विष्णु पौडेलको काँधमा
आर्थिक परिवेश

काठमाण्डौ । नयाँ सरकारको अर्थतन्त्रको वागडोर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्हाल्नु हुने भएको छ । मुलुकको अर्थतन्त्र कठिन अवस्थामा रहेको बेला अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले तेस्रो पटक मुलुकको अर्थतन्त्रलाई चलाउने जिम्मेवारी पाउनु भएको हो । सोमवार शितल निवासमा सपथ ग्रहण गरे लगतै अर्थमन्त्री पौडेलले शहीदपार्कमा पुगेर शहीदप्रति पुष्पगुच्छा अर्पण गरेर सोमबार अर्थ मन्त्रालयमा कार्यभार सम्हानु भएको हो । अर्थ मन्त्रालय मातहतका विभिन्न निकायहरुमा दर्ता, चलानी हुने र कागजातको ओसारपसार हुने प्रकृयालाई अनलाईन प्रणालीबाट सम्पन्न गर्ने निर्णयमा हस्ताक्षर गर्दै नवनियुक्त अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयको वागडोर सम्हाल्नु भएको हो । हाल कठिन अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउने चुनौतीको बीचमा अर्थ…

नव नियुक्त प्रधानमन्त्री दाहालकाे शपथ ग्रहण, ३ उपप्रधानमन्त्री तथा ४ जना मन्त्रीले लिए शपथ
आर्थिक परिवेश

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गर्नु भएको छ । सोमवार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गर्नु भएको हो । समारोहमा ३ जना उपप्रधानमन्त्रीहरुले पनि शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्ने उपप्रधानमन्त्रीहरुमा नेकपा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने रहुनु भएको छ । शितल निवासमा आयोजित विशेष समारोहका बीच ४ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गर्नु भएको छ । शपथ ग्रहण गर्ने मन्त्रीहरुमा दामोदर भण्डारी राजेन्द्रकुमार राई, अब्दुल खान र ज्वालकुमारी साहले…

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त, साेमवार अपरान्ह ४ बजे शीतलनिवासमा शपथ हुने
आर्थिक परिवेश

काठमाण्डौ । नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालय शितलनिवासले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोलि दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता…

नयाँ सरकार गठन प्रकृया शुरू, पुष १० गते आइतबार दिनको ५ः०० बजेभित्र दाबी पेश गर्न राष्ट्रपतिबाट आह्वान
आर्थिक परिवेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार दिनको ५ः०० बजेभित्र दाबी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ दफा ६२ बमोजिम गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश भएको थियो । राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको…