बजेट कार्यान्वयन गर्न अर्थमन्त्रालयबाट ८१ बुँदे मार्गदर्शन जारी
आर्थिक परिवेश

४ साउन, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो । “वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको कार्यक्रम कार्यान्वयन…

आर्थिक वर्ष २०८०/८१ शुरु बजेट र करका दरहरुकाे कार्यान्वयन
आर्थिक परिवेश

१ साउन, काठमाडौं ।  आर्थिक वर्ष २०७९/८०आइतवार देखि सम्पन्न भै  साेमवारबाट आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेकाे बजेट  र त्यसका विभिन्न कार्यकम र  करसँग सम्बन्धी विभिन्न व्यवस्थाहरुकाे कार्यान्वयन शुरु भएकाे छ । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार  साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो । सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले…

बजेट सम्बन्धी तीन विधेयक प्रमाणीकरण
आर्थिक परिवेश

३१ असार,काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी तीन वटा विधेयकलाई आइतवार प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्बबाट पारित भई नेपालको संविधानअनुसार प्रमाणीकरणका लागि पेश भएका तीन वटा विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।

करका प्रस्ताव आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : अर्थमन्त्री
आर्थिक परिवेश

२९ असार,काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकता अनुसार संशोधन गर्न सकिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताउनुभएको हो । “करका विषयमा कहाँ के गर्दा ठिक हुन्छ भन्ने विषयमा हामी खुला छौँ । हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन । मोटामोटी आङ्कलन गरेर समग्रमा यसो गर्दा ठिक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो”, अर्थमन्त्री महतले भन्नुभयो, “हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र…

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित साउन १ गतेबाट लागू हुने
आर्थिक परिवेश

२८असार,काठमाडौँ ।  सरकारले प्रस्तुत गरेको अागामी  आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बैठक समक्ष पेश गर्नुभएको थियो । त्यसअघि  बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । प्रतिनिधि सभाबाट यही…