गण्डकी प्रदेश सरकारले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट
आर्थिक परिवेश०१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) प्रदेशसभामा आउँदो आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट प्रस्ताव पेश गर्नुभयो । प्रस्तुत बजेटमध्ये चालुतर्फ रु. १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात् ३८.५६ प्रतिशत, पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात् ६०.६८ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ रु. २५ करोड अर्थात् ०.७६ प्रतिशत रकम विनियोजन गरिएको मन्त्री शेरचनले बताउनुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा…
बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड ३३ लाखकाे बजेट ल्यायाे
आर्थिक परिवेश०१ असार, मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा आज बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३४.३१ प्रतिशत हो। त्यस्तै पुँजीगत खर्चका लागि ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६५।६९ प्रतिशत रकम छुट्याइएको छ। बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनबारे…
जेठ मसान्त सम्ममा २ खर्ब २१ अर्ब ५२ करोड राजस्व असुली
आर्थिक परिवेश०१ असार वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को ११ महिनाको अवधि अर्थात् जेठ मसान्त सम्ममा २ खर्ब २१ अर्ब ५२ करोड राजस्व असुली गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालय (आईसीपी) लाई बैशाख मसान्त सम्म ११ महिनाको लागी २ खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । आईसिपी वीरगन्जले ११ महिनाको अवधिमा तोकिएको लक्ष्यको ८८ दशमलब ८९ प्रतिशत राजस्व असुली गरेको छ । अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा ११ महिनामा २७ अर्ब ६७ करोड कम राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक…
मधेशका शत प्रतिशत जनसंख्या बीचमा विद्युत पहूँच
आर्थिक परिवेश३१ जेठ, जनकपुरधाम । मधेश प्रदेशका शत प्रतिशत जनसंख्या बीचमा विद्युत सेवा पुगेको छ । मधेश प्रदेशका अर्थमन्त्री यूवराज भट्टराईले आर्थिक वर्ष २०८२/०८३ का लागि आज प्रदेशसभाको बैठकमा पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा राष्ट्रिय प्रसारणमार्फत मधेश प्रदेशका १ सय ३६ पालिकाको १ हजार २ सय ७१ वडाका सवै घर धुरीमा विद्युत सेवा पुगेको र सबै पालिकाहरुमा बैंक तथा वित्तिय सेवाको पहुँच भएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । मधेश प्रदेशका १ सय ३६ पालकामा १ हजार ७ सय ५४ शाखामार्फत बैंकिङ्ग सेवा दिने काम भएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक बृद्धि दर कृषि क्षेत्रमा आएको…
पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने : अर्थमन्त्री
आर्थिक परिवेश३१ जेठ, काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताउनुभयो । उहाँले देशका युवा आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउँदै भन्नुभयो, “अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट नीतिगत पहल सुरु गरेका छौँ । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ ।” देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा वाग्लेले करमा सहुलियत, बक्यौता…