महासङ्घले सार्वजनिक गरयाे रणनीतिक कार्यक्रम तथा कार्ययोजना
आर्थिक परिवेश२४ वैशाख,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ । महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ । महासङ्घले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ । ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रममार्फत निजी क्षेत्रको साझा आवाजलाई थप प्रभावकारी, विश्वसनीय र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रमअन्तर्गत प्रत्येक स्तम्भमा कार्यान्वयनयोग्य पहल, समय सीमा, जिम्मेवारी निर्धारण तथा अपेक्षित उपलब्धिसहितको विस्तृत कार्ययोजना…
सत्तारूढ दल र नीजि क्षेत्र बीच छलफल
आर्थिक परिवेश२० बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको हो । सभापति लामिछानेले भन्नुभयो, “निजी क्षेत्र सशङ्कित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईँहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईँहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।” उहाँले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार…
आगामी बजेटका लागि नेपाल चेम्बरले दियाे सुझाव
आर्थिक परिवेश१५ बैशाख, काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मंगलवार अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको हो । चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा जोड दिदै आर्थिक स्थायित्व, सुशासन र व्यवसायमैत्री वातावरण निर्माणमा प्राथमिकता दिन आग्रह गरेको छ । चेम्बरले कृषि क्षेत्रमा आधुनिकीकरण,सहुलियत कर्जा र बजार पहुँच विस्तार,पर्यटन क्षेत्रमा पूर्वाधार विकास र अन्तरराष्ट्रिय प्रवद्र्धन,उद्योग क्षेत्रमा उत्पादन लागत घटाउने प्रक्रियागत सहजता, सूचना प्रविधिमा कर छुट तथा ‘डिजिटल’ पूर्वाधार…
७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने र अर्थतन्त्र १ सय अर्ब अमेरिकी डलर नजिक
नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३१४ वैशाख, काठमाडौँ । नेपालको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले साेमवार नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वित्तिकै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३ तयार पार्ने बताउनु भएकाे थियाे । स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना र बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको छ । सरकारले सार्वजनिक गरेको स्थितिपत्रलाई आगामी आर्थिक दिशा तय गर्ने आधार दस्तावेजका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा सुस्त आर्थिक वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी, बढ्दो आयात निर्भरता, कमजोर कार्यान्वयन क्षमता र वित्तीय…
विदेशी मुद्राको विनिमय दरमा उतार चढाव
आर्थिक परिवेश११ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर…