नेपाल विद्युत प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता असुल
आर्थिक परिवेश

२७ कात्तिक,काठमाडौं ।    विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ । ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम…

सम्पन्न नभएका ठुला आयोजनाहरूमा रकम अभाव हुन दिइदैन : अर्थमन्त्री
आर्थिक परिवेश

 २५ कार्तिक  काठमाडौँ ।  अर्थमन्त्री रामेश्वर खनालले विगतमा कम रकम विनियोजन भएर सम्पन्न हुन नसकेका ठुला आयोजनाहरूमा रकम अभाव हुन नदिने गरी सरकारले काम अगाडी बढाएको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अर्थमन्त्री खनालले कटौतीमा परेका आयोजनाहरूबाट बचेको बजेट ठुला आयोजनामा परिचालन गर्ने र कतिपय पुनर्निर्माणमा खर्च गरिने बताउनुभयो । उहाँले पछिल्लो समय देशमा राजस्व बढेको र पूर्व सरकार हुँदा रोकिएर बसेको अन्तर्राष्ट्रिय सहयोग सुचारु भएको बताउनुभयो । अर्थमन्त्री खनालले २०२५ को अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार भन्दा बढी पर्यटक नेपाल आएको र पछिल्लो समय पर्यटक आउने क्रम बढ्न थालेकाले  क्षतिग्रस्त…

नेपाल अल्प विकसित मुलुकबाट स्तरोन्ती हुनका लागि आवश्यक विभिन्न पक्षका वारेमा छलफल
आर्थिक परिवेश

२४ कार्तिक, काठमाण्डौ ।    सरकारले नेपाललाई अल्प विकसित मुलुकबाट स्तरोन्त्ती गर्ने सम्बन्धमा हालसम्म भएको तयारीका वारेमा सोमवार छलफल गरेर सम्बद्ध विभिन्न पक्षबाट सुझाव लिएको छ । अर्थ मन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा भएको बैठकमा नेपाल अल्प विकसित मुलुकबाट स्तरोन्ती हुनका लागि आवश्यक विभिन्न पक्ष, तयारीको अवस्था, प्रगतीको अवस्था तथा नेपाल स्तरोन्त्ती हुँदाका फाइदा तथा वेफाइदा लगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । योजना आयोगका पूर्व उपाध्यक्षहरु, सचिवहरु,सरकारी सम्वद्ध पदाधिकारीहरु सहित निजीक्षेत्रका ३ वटै निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागि बैठकमा नेपाल सन् २०२६ नोभेम्बरमा अल्पविकसित मुलुकको हैसियतबाट स्तरोन्नत्ती हुँदा नेपालले विश्वव्यापी रुपमा नेपालले लिन सक्ने…

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रको करिब ८८ अर्ब बराबर नोक्सानी भएकाे छ : महासङ्घ
आर्थिक परिवेश

२२ कार्तिक,काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिनुभएको छ । महासङ्घले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले राज्यले निजी क्षेत्रको योगदान आत्मसात् गर्दै आम सर्वसाधारणलाई पनि बुझाउने गरी मन्त्रिपरिषद्बाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्नु आवश्यक रहेको बताउनुभयो । “दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास अहिलेको समयमा आवश्यक छ । यसका लागि सबै राजनीतिक दल, युवा पुस्तालगायत सरोकारवालासँगको संवाद र सहकार्यमा समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता हो”, उहाँले भन्नुभयो,। “सरकारले…

उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य : प्रधानमन्त्री
आर्थिक परिवेश

२२ कार्तिक,काठमाण्डौ ।   प्रधानमन्त्री शुशिला कार्कीले मुलुकको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले शनिवार काठमाण्डौमा आयोजना गरेको आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशको कुल गार्हस्थ उत्पादन, निर्यात, रोजगारी सिर्जना र करदाताका रूपमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताउनु भयो । प्रधानमन्त्री कार्कीले नेपालको अर्थतन्त्रको जग बलियो हुँदाहुँदै पनि संरचनागत कमजोरी र पुँजी पलायनका कारण हामीले मेहनत अनुसारको फल पाउन नसकिरहेको बताउनु भयो । ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको प्रधानमन्त्री कार्कीले  बताउनु भयो । आगामी फागुन २१ गते प्रतिनिधि…