राजस्व छुटमा महालेखाले उठायाे प्रश्न
आर्थिक परिवेश०१ जेठ,काठमाडाैं । अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा दिँदै आएको राजस्व छुटमा महालेखाले प्रश्न उठाएको छ । “भन्सार विभागको तथ्याङ्क प्रणाली आसिकुडाको तथ्याङ्कअनुसार २०८०/८१ मा भन्सार राजस्वतर्फ ७९ अर्ब ८७ करोड ३९ लाख छुट दिएको देखिन्छ । आर्थिक ऐनबाट आन्तरिक राजस्व तर्फसमेत छुट दिएकामा सोको अभिलेख मन्त्रालय र आन्तरिक राजस्व विभागले राखेका छैनन्”, महालेखााकाे प्रतिवेदनमा भनिएको छ । साफ्टा सुविधाअन्तर्गत माल वस्तु पैठारी गर्दा भन्सार महसुल रू चार अर्ब ८७ करोड ९९ लाख र मूल्य अभिवृद्धि करसमेत छुट भएको देखिएको महालेखाले उल्लेख गरेको छ । अर्थ मन्त्रालयले २०८० फागुन मसान्तसम्म विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानसमेतको ३४ अर्ब २७ करोड…
सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने
आर्थिक परिवेश३१ बैशाख, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताउनु भएको छ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेको प्रश्नको आज जवाफ दिँदै उहाँले बजेट कार्यान्वयनमा देखिएको बाधा हटाएर सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो । “व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण र कार्यान्वयनको सुनिश्चितता गरिनेछ, बजेट कार्यान्वयनबाट मुलुक र आम नागरिकले प्रतिफल प्राप्त गर्छन्”, उहाँले भन्नुभयो । उहाँले छलफलबाट प्राप्त सुझावलाई बजेट निर्माण गर्दा ख्याल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले विकासको ढाँचा, गति र…
चेम्बरले अर्थमन्त्री समक्ष १०१ बुदे सुझाव दियाे
आर्थिक परिवेश२९ बैशाख,काठमाण्डौ । नेपाल चेम्बर अफ कर्मशले आगामी आर्थिक बर्षको बजेटको लागि अर्थमन्त्री समक्षा १०१ बुदे सुझाव दिएको छ । अर्थमन्त्री संगको भेटमा चेम्बरले आगामी बजेटका लागि विद्युतीय सवारीसाधनमा कर वृद्धि गर्न नहुने,आयातित सामानमा अति आवश्यक वस्तुबाहेक एमआरपी अनिवार्य हुन नहुने,आगामी बजेटमा बैङ्क, वित्तीय तथा बिमा, कृषि जडिबुटी तथा वनजन्य उत्पादन, ऊर्जा र उद्योग वाणिज्य तथा आपूर्तिका विषय सम्बोधन गरिनुपर्ने लगायतका सुझाव प्रस्ततु गरेको हो । सुझाव ग्रहण गरे पछि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउदै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर लागिरहेको बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक बर्ष २०८२÷८३…
नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा
आर्थिक परिवेश२९ वैशाख काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको छ । त्यसैगरी समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा…
मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन आगामी बजेट मार्फत जोड दिइन्छ : अर्थमन्त्री
आर्थिक परिवेश२८ बैशाख, काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन आगामी बजेट मार्फत कानूनी, संस्थागत र प्रक्रियागत सुधार गरिने बताउनु भएको छ । विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताहरु संसदको आइतवारको बैठकमा प्रस्ततु गर्दै अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्रका नियामकीय निकायहरुको भूमिकालाई सुदृढ बनाउने र निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न थप अनुकूलता सिर्जना गरिने बताउनु भयो । मुलुकलाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक तयारी गरिने तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरू क्रमशः कार्यान्वयन गरिने अर्थमन्त्री पौडेलले बताउनु भयो । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा जोड दिने,स्टार्ट–अप व्यवसायलाई…