विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड, १७ . ४ महिनाको आयात धान्ने
आर्थिक परिवेश

२९ मंसिर,काठमाडौँ ।   नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ । यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति रु ३० खर्ब ५५ अर्ब ५२ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड बराबर हो हालको विदेशी विनिमय सञ्चितिले १७ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक मसान्तसम्ममा चालु खाता रु दुई खर्ब ७९…

बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुन विपरीत : अर्थ मन्त्रालय
आर्थिक परिवेश

२४ मंसिर, काठमाण्डौ । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ । संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच स्थानीय रूपमा उत्पादित वस्तुको ढुवानीमा कर लगाउने अधिकार नरहेको अर्थ मन्त्रालयले जनाएको हो । केही स्थानीय तहले आफ्नो मार्ग हुँदै जाने मालसामानमा कर तथा शुल्क लगाउँदै आएका छन् । यस्तो कर असुलीले कृषक र व्यापारीमा नकारात्मक प्रभाव परेको मन्त्रालयले स्पष्ट पारेको छ । स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भएको सामानमा केवल बाटो प्रयोग भएको कारणले…

नेपालगन्जमा भन्सार  मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा
आर्थिक परिवेश

२२ मंसिर, नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले  भन्सार  मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनुभएको छ । आइसिपी नेपालगन्जमा आज मूल्याङ्कन डाटाबेस प्रणालीको शुभारम्भ गर्दै उहाँले विराटनगर, बिरगन्ज र भैरहवा भन्सारपछि नेपालगन्जमा यो प्रणाली लागू गरिएको बताउनुभयो । उहाँले यसले व्यवसायको लागत घटाउनुका साथै पारदर्शी समेत गराउने बताउनुभयो । मन्त्री खनालले यो प्रणालीपछि अन्तर्राष्ट्रिय अभ्यासबाट विमुख नहुने बताउनुभयो । उहाँले अब ७५३ वटै स्थानीय तहबाट करदाता सेवा सुरु गर्न लागिएको जानकारी समेत दिनुभयो । भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, राजश्वका सचिव भुपाल बराल, एडिबीका परामर्शदाता निर्मल हरि अधिकारीले यो प्रणालीपछि मूल्याङ्कन प्रक्रिया छिटो हुने र भन्सार मूल्याङ्कनमा एकरूपता…

पोखरा विमानस्थल निर्माणमा ठुलो आर्थिक अनियमितता ५५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर
आर्थिक परिवेश

२२ मङ्सिर, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा परिचित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । यस अनियमिततामा संलग्न रहेको दाबी गर्दै आयोगले पूर्वमन्त्री, पूर्वसचिव, पूर्वसहसचिवहरू तथा अन्य उच्च अधिकारीसहित ५५ जना र विमानस्थल निर्माणमा संलग्न कम्पनी सिएएमसी इन्जिनियरिङलाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यो विमानस्थल निर्माणका क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार भएको देखिएको छ । विमानस्थल चिनियाँ ऋण सहायतामा चिनियाँ ठेकेदारबाटै बनाइएको थियो । विमानस्थल निर्माणका लागि सुरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिले २०६७ असोज…

कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चियको दिशामा लैजानु हो : अर्थमन्त्री
आर्थिक परिवेश

२१ मंसिर, काठमाण्डौ ।   अर्थमन्त्री रामेश्वर खनालले जेन्जी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि भएकोले आन्दोलमार्फत युवाहरुले भ्रष्टाचारको अत्य र सुशासनको ग्यारेन्टी खोजेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री खनालले निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि भएकोले उनीहरुमाथीको आक्रमण ठिक होइन भन्दै निजी क्षेत्रको संरक्षण लागि सबैले जोड दिनुपर्ने आवश्यकता औल्याउनु भयो । निर्वाचन अपरिहार्य रहेको भन्दै अर्थमन्त्री खनालले थपे, ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चियको दिशामा लैजानु हो भन्नु भयो  । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु…