बीरगञ्ज हुँदै ५ महिनामा ४० अर्बका नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश

 ०७ पुष   वीरगञ्ज ।    मुलुकको प्रमुख भन्सार नाका बीरगञ्ज हुँदै आर्थिक वर्ष २०८२/०८३ को पाँच  महिनामा भारत तथा तेस्रो मुलुकतर्फ ३९ अर्ब ९७ करोड ५७ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनाको तुलनामा यस आर्थिक वर्षको साउनदेखि मङ्सिर महिना सम्ममा ८९ प्रतिशतले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को   साउन, भदौ, असोज, कार्तिक मङ्सिरमा भारत तथा तेस्रो मुलुकतर्फ २१ अर्ब १८ करोड ३४ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया,…

मुलुकको अर्थतन्त्र बिस्तारै सुधारको लयमा फर्किएको छ : गभर्नर पौडेल
आर्थिक परिवेश

०५पुष,काठमाण्डौ ।   नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले बैङ्कहरूलाई साना र पहुँचविहीन समुदायसम्म कर्जा पुयाउन तथा निजी क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउन निर्देशन दिनुभएको छ । वीरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा गभर्नर डा.पौडेलले अर्थतन्त्रमा स्रोतको कमीभन्दा पनि आत्मविश्वास र मनोबलको कमी देखिएको बताउनु भयो । मुलुकको अर्थतन्त्र बिस्तारै सुधारको लयमा फर्किएको र यातायात पूर्वाधार र विद्युत् क्षेत्रमा लगानी बढिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको गर्भनर पोडेलले बताउनु भयो । गभर्नर डा. पौडेलले मधेस प्रदेशमा पर्यटन क्षेत्रमा नयाँ अवसरहरू रहेको र त्यसमा थप मिहिनेत गर्नुपर्ने बताउँदै लगानी गर्दा पूर्ण रूपमा परियोजनाको अध्ययन गरी सम्भावित चुनौतीहरूको मूल्याङ्कन गरेर मात्र लगानी गर्न बैङ्कहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको…

एडिबिकाे १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण लिने सरकारकाे निर्णय
आर्थिक परिवेश

१ पुष, काठमाडौं । सरकारले एसियाली विकास बैकबाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबार स्थित सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्ट्रेन्थेन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एण्ड डेभलभ सर्भिस डेलिभरी कार्यक्रमको लागि एसियाली विकास बैकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय भएको बताउनुभयो । यस्तै कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृत स्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने…

मङ्सिरसम्म ३३ अर्ब ८७ करोड ४३ लाख पुँजीगत खर्च
आर्थिक परिवेश

१ पुष, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म रु ३३ अर्ब ८७ करोड ४३ लाख बराबर मात्रै पुँजीगत खर्च भएको छ । यसवर्षका लागि पुँजीगत शीर्षकमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख बराबर विनियोजन भएको थियो । चालुगततर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोडको वार्षिक विनियोजन रहेकामा हालसम्म ३३ दशमलव सात प्रतिशत अर्थात् रु तीन खर्ब ९८ अर्ब चार करोड ७२ लाख खर्च भएको छ…

मंसिरमा राजस्व लक्ष्यकाे ८४.३१ प्रतिशत मात्र संकलन
आर्थिक परिवेश

१ पुष , काठमाडौं ।   सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंसिर महिनामा मात्रै ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८० अर्ब २७ करोड संकलन भएको छ । मंसिरमा संकलन भएको राजस्व लक्ष्यको ८४.३१ प्रतिशत हो । यो पूरै आर्थिक वर्ष सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । गत…