काठमाडौं महानगरले आगामी वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाखको बजेट ल्यायाे
आर्थिक परिवेश

१० असार, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको बताउनु भयाे । यो कुल बजेटको ३३.७२ प्रतिशत हो। त्यसै गरि पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख विनियोजन गरिएको छ। यो कुल बजेटको ६६.२८ प्रतिशत हो । महानगरपालिकाले आगामी वर्ष केन्द्र र प्रदेशबाट सशर्त अनुदान बापत १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ, निशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख रुपैयाँ,आन्तरिक आयबाट ६ अर्ब ३९ करोड रुपैयाँ आम्दानी अनुमान गरेको छ।…

१०ले सके ७ सय ४३ स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै
आर्थिक परिवेश

०९ असार, काठमाडौँ ।  आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सात सय ५३ स्थानीय तहहरूले  आइतबार बजेट सार्वजनिक गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०/८१ का लागि शनिबारसम्म १०  स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब सात सय ४३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार…

अर्थ मन्त्रालयले शुरु गर्यो आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व तयारी
आर्थिक परिवेश

०७ असार,काठमाडौं ।  अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी शुरु गरेको छ । आज मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । सो अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्त्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गर्नुभयो । डा. महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाई समय तालिका बनाएर अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटमा…

पञ्चबर्षीय योजनाको तर्जूमा शुरु : स्वाधिन, समुन्नत र सामाजिक न्यायसहितको सम्वृद्धि लक्ष्य
आर्थिक परिवेश

०६,असार काठमाडौं ।   राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चबर्षीय योजनाको तर्जूमा शुरु गरेको छ । योजना आयोगले १६ औ योजनाको तयारीको लागि आयोगका पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गरी योजना तर्जूमा शुरु गरेको हो । आर्थिक वर्ष २०८१÷८२ देखि कार्यान्वयनमा आउने गरी तर्जुमा शुरु गरिएको १६ औँ योजनामा स्वाधिन, समुन्नत र सामाजिक न्यायसहितको सम्वृद्धि हाँसिल गर्ने लक्ष्य योजना आयोगले अघि सारेको छ । छलफलमा योजना आयोगले शुसासन,सम्वृद्धि र सामाजिक न्याय सहितको समाजवाद उन्मुख र पूर्ण रुपले मुलुकको संरचनात्मक रुपान्तरण गर्ने गरी योजनाको मस्यौदा अवधारण अघि सारेको छ । आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरण मार्फत सुशासन, समृद्धि र सामाजिक…

नेपालले शुरू गरयाे विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी
आर्थिक परिवेश

०४असार,काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने  तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो । वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैङ्क र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएर भन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात् गर्नु पाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार हाल प्रतिमहिना औसतमा रु ४० अर्बको विद्युतीय कारोबार हुने गरेको छ । गत वैशाखमा क्युआर कोडमार्फत ८६ लाख…