अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्वमा भोलाविक्रम थापा
आर्थिक परिवेश

१२ साउन, काठमाण्डौ ।   नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हाल्नु हुने भएको छ । काठमाडौंमा सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डीन चयन गरेको हो । थापाले सन् २०२५÷२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्नु हुनेछ् । एचसीसीएनको निवर्तमान डीनमा इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल रहनु भएको छ भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज रहनु भएको छ । एचसीसीएन कार्यकारिणी समिति सदस्यहरुमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्यदूत पासाङ्ग दावा…

विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर दाेब्बरले बढायाे
आर्थिक परिवेश

१२ साउन, काठमाण्डौ ।   विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर ०.७५ बाट बढाएर १.५ प्रतिशत बनाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएको विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदर रहेकोमा त्यसलाई बढाएर १.५ प्रतिशत पु¥याएको छ । विश्व बैंकले गएको यहीँ जुलाईदेखि ब्याजदर बढाएको बढाएको हो । यस अघिको ऋण ४० वर्षभित्र तिर्ने गरि लिने गरेको थियो । नयाँ व्यवस्था अनुसार अहिले…

नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को ‘राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक
आर्थिक परिवेश

७ साउन, काठमाडौं ।    एसियाली विकास बैंक (एडीबी) को ‘राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९)’ सार्वजनिक भएको छ । एडीबी सञ्‍चालक समितिबाट ३ असारमा स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ । रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ । अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स म्यानेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गर्नु भयाे  ।…

दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता, ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्छ : अधिकारी
आर्थिक परिवेश

०३ साउन  काठमाडौँ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता, ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाे छ । शनिबार न्यूयोर्कमा सम्पन्न दिगो विकास लक्ष्य स्थानीय करण साझेदारी मञ्च २०२५ को वार्षिक बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले सो कुरा बताउनु भएकाे हाे  । शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबी निवारण जस्ता विषयहरू एक आपसमा जोडिने हुँदा एकीकृत र समन्वित स्थानीय प्रयासबाट मात्रै दिगो र दीर्घकालीन परिवर्तन सम्भव हुने उहाँले बताउनु  भयाे । उपाध्यक्ष अधिकारीले नेपाल सङ्घीय संरचनाअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको जानकारी गराउँदै स्थानीय सरकारहरू नै नागरिकसँग सबैभन्दा…

नेपालमा जर्मनीको लगानीका लागि समकक्षीलाइ परराष्ट्रमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

२४ असार,काठमाडाै ।   परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा जोहान डेविड वेडफुलबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारहरूमध्ये एक रहेको तथा आर्थिक, सामाजिक लगायतका क्षेत्रमा नेपालले जर्मनीको सहयोग प्राप्त गर्दै आएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो । मन्त्री डा राणाले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवर्धन गर्न सामूहिक प्रयास एवं दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा…