
जलवायु परिवर्तनको समस्या विकसित देशहरूमा आउँदैछ भनेर राष्ट्रसंघले सम्झाइदिनु परयाे : राष्ट्रपति पौडेल
आर्थिक परिवेश२८ कार्तिक, बाकु अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरूबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ । सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूसँग आज यहाँ गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो । “जलवायु परिवर्तनले उत्पन्न समस्या अहिले नेपालजस्ता मुलुकले भोगिरहे पनि पछि विकसित देशमा पनि आउनेछ । यो कुरा राष्ट्र सङ्घमार्फत विकसित देशले बुझुन्, “ राष्ट्रपति पौडेलको भनाई उद्धृत…

नेपालका चार संस्था असोसियो २०२४ डीएक्स पुरस्कारबाट सम्मानित
आर्थिक परिवेश२५ कार्तिक,काठमाडाै । सुचना पविधिसग सम्बन्धीत नेपालका चार संस्था असोसियो २०२४ डीएक्स (ASOCIO 2024 DX) पुरस्कारबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको ‘असोसियो डिजिटल शिखर सम्मेलन २०२४’ मा यी संस्थाहरूलाई पुरस्कारबाट सम्मानित गरिएको हो । यसअन्तर्गत इरासफ्ट सोलुसन प्रालिले आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड, इन्फोडेभलपर्स प्रालिले डिजिटल गभरमेन्ट अवार्ड, डाइनामिक टेक्नोसफ्ट प्रालिले एडटेक अवार्ड र नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनु भये । असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ…

नेपाल विश्वविद्यालयकाे उद्घोषण संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्नेमा जाेड
आर्थिक परिवेश२२ कार्तिक ललितपुर । नेपालमा समय सुहाउदाे शिक्षााकाे अभावमा नेपाली विदयार्थीहरु विदेशीने कंम बढिरहेकाे बेला नेपालमा अध्ययन अध्यापनकाे पृथक शैली अपनाउने गरी नेपाल विश्वविद्यालय शुरु भएकाे घाेषणा गरिएकाे छ। संरचना र सञ्चालनका केही छुट्टै विशेषता भएको नेपाल विश्वविद्यालयले संरक्षक परिषद्बाट सञ्चालन हुने शासकीय स्वायत्तता कायम राख्दै, बहुविधागत अवधारणामा आधारित शैक्षिक कार्यक्रमलाई अघि बढाउने गरी नेपाल विश्वविद्यालय शुरु भएकाे हाे । नेपाल विश्वविद्यालयकाे उद्घोषण गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल विश्वविद्यालयको बिहिवार ललितपुरमा भएको विश्वविद्यालय उद्घोषण सभा कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो…

विद्युत् आयतनिर्यात, बङ्गलादेशसँगको विद्युत् व्यापार र अन्तरदेशीय प्रसारण लाइन वारेमा छलफल
आर्थिक परिवेश२१ कार्तिक काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहनुभएका मन्त्री खड्काले मङ्गलबार राती नयाँ दिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गर्नुभएको हो । भेटमा नेपाल–भारतबीचको विद्युत् आयत/निर्यात, बङ्गलादेशसँगको विद्युत् व्यापार, अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिनुभयो । यस्तै, भेटका क्रममा मन्त्री खड्काले अरुण करिडोरको ट्रान्समिसन लाइन चाँडो निर्माण गर्न र पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन भारतसमक्ष प्रस्ताव राख्नुभएको थियो । भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालका ठूला विद्युत् आयोजना निर्माणमा भारतको साथ र सहयोग रहेको बताउनुभएको थियो…

अध्यक्ष ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित
आर्थिक परिवेश२० कार्तिक काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उहाँलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इन्डोनेसियाको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ । इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गर्नुभएको हो । यो सम्मानले…