नेपाल–भारतबीचको सम्बन्ध अझ व्यापक र सुदृढ पार्दै लैजाने अठोट व्यक्त भएको छ : प्रधानमन्त्री
आर्थिक परिवेश२३ चैत्र काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताउनु भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले समकक्षीसँगको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिनुभयो । “छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइहालेमा एकापसमा संवाद गरिहाल्ने र तिनलाई टुङ्ग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौँ”, सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो,…
५ दिने भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्कनु भयाे
आर्थिक परिवेश२३ चैत्र काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको ५ दिने औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ शनिवार स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गर्नुभयो । प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदूत स्वागतका लागि विमानस्थल पुग्नुभएको छ । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो । थाइल्याण्डका प्रधानमन्त्री…
महासंघ र थाइ चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठनमा समझदारी
आर्थिक परिवेश२३ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ । थाइल्यान्ड भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग थाइ चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडले आफ्नै कार्यालयमा द्विपक्षीय वार्ता गर्दै संयुक्त वाणिज्य परिषद् गठन समझदारी गरेको हो । दुवै देशमा लगानी प्रवर्द्धन र लगानी आदान प्रदान गर्न संयुक्त वाणिज्य परिषद्ले सहजीकरण गर्ने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै बैंककमा रहेका चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको अवस्थामा लगानीको लागि सम्भावित क्षेत्र पहिचान गर्न वाणिज्य परिषद्ले सघाउने बताउनु भयाे ।…
बिम्स्टेकको छैटौं शिखर सम्मेलन बैङ्कक सोचपत्र २०३० जारी गर्दै सम्पन्न
आर्थिक परिवेश२२ चैत, बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन बैङ्कक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले बैंककमा पत्रकार सम्मेलन गर्नु भएकाे छ। पारित प्रस्तावमा बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता रहेकाे छ । त्यसै गरी भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्याण्डलाई सहयोग गर्ने…
प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता
आर्थिक परिवेश२३ चैत्र बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो । बिम्स्टेक शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको संवादपछि सामाजिक सञ्जालमा धारणा राख्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र भारतका विभिन्न पक्षमा छलफल गरिएको जनाउनुभएको छ । “मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री Narendra Modi जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका…