नेपालमा बनेकाे लगानीकाे अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्ताहरूलाई प्रधानमन्त्रीकाे आह्वान
आर्थिक परिवेश

१६ बैशाख, काठमाडौं ।  नेपालमा प्रत्यक्षा विदेशी लगानी  आर्कषित गर्ने उद्देश्यले  नेपाल सरकारले अायाेजना गरेकाे  तेस्राे लगानी सम्मेलन  आजबाट काठमाण्डाैमा शुरू भएकाे छ  । लगानी बाेर्डका  अध्यक्ष समेत रहनु भएका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनकाे उद्घाटन गर्नु भएकाे छ । स्वदेश तथा विदेशबाट गरी करिव १७ सयकाे हाराहारिमा सहभागी भएकाे सम्मेलनलाई सम्बाेधन गर्दै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्नु भयाे । प्रधानमन्त्री दाहालले  नेपालमा बनेकाे लगानीकाे अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्ताहरूलाई आह्वान गर्नुभयाे   । ‘नेपाल लगानी सम्मेलन २०२४ को आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त…

७ पूर्व अर्थमन्त्रीहरूले दिनु भयाे बजेट सम्बन्धमा सुझाव
आर्थिक परिवेश

१३ बैशाख, काठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिनु भएको छ । अर्थमन्त्री पुनले बुधबार पूर्व अर्थमन्त्रीहरू डा.प्रकाशचन्द्र लोहनी, डा.प्रकाशशरण महत, डा.युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार सॅाझ बानेश्वरस्थित एक होटलमा सुझाव लिनुभएको हो । त्यस क्रममा पूर्व अर्थमन्त्रीहरूले महत्त्वाकाङ्क्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाव दिनुभएको थियो  । उहाँहरूले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो। यस्तै राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजना बाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न पूर्व अर्थमन्त्रीहरूले सुझाव…

वित्तीय विकास संस्था डिएफआइका प्रतिनिधिहरूले नेपालमा लगानी विस्तार गर्ने
आर्थिक परिवेश

१२ बैशाख, काठमाडौं । नेपालका  बैङ्क तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगकाे सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्था (डेभलपमेन्ट फाइनान्स इन्सिच्युसन)को प्रतिनिधिमण्डलले बुधवार  अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गरेको छ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डा डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अर्थमन्त्री पुनसँग अर्थ मन्त्रालयमा भेट गरेको उहाँको सचिवालयले जनाएको छ । नेपालका वाणिज्य बैङ्कहरूसँग मात्र सहकार्य गर्दै आएका अन्तर्राष्ट्रिय विकास संस्थाले आगामी दिनमा विकास बैङ्क र वित्त कम्पनीमार्फत पनि लगानी गर्न चाहेको बताएका छन् । त्यस्ता संस्थाले हालसम्म नेपालका बैङ्कहरूमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि अमेरिकी…

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
आर्थिक परिवेश

१२ बैशाख, काठमाडौँ  ।  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरूको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता…

कतार र नेपाल सरकारबीच द्विपक्षीय वार्ता सम्पन्न
आर्थिक परिवेश

१२ बैशाख, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालकाे भ्रमणमा रहनु भएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र नेपाल सरकार बीच आज  द्विपक्षीय  भेटवार्ता हुने भएकाे छ  । अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्म रहेकाे  छ । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग अादान प्रदान सम्बन्धी  विषयमा पनि सम्झदारीपत्रमा हस्ताक्षर हुने…