चीनका विदेशमन्त्री वाङ यी अर्को हप्ता अस्ट्रेलियाको भ्रमणकाे तयारीमा
आर्थिक परिवेश०१ चैत्र,सिडनी । चीन र अस्ट्रेलियाबीच सहज व्यापारिक सम्बन्ध पुनः स्थापनाका लागि चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लाग्नुभएको हो । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्च पदस्थ अधिकारीको रूपमा अष्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभावका बाबजुद उहाँको भ्रमण दुई देशबीच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्व दिनु…
रूसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु
आर्थिक परिवेश०१ चैत्र, काठमाडाैं । रूसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएकाे छ । परराष्ट्र मन्त्रालयले उनीहरूकाे मृत्यु भएकाे बिहिवार एक विज्ञप्ती प्रकाशित गरी पुष्टि गरेकाे हाे । मृत्यु हुनेमा उदयपुरका पदमबहादुर घिमिरे, धादिङका पूर्णबहादुर गुरुङ, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, जाजरकोटका नवीन शाही, रसुवाका सुन्दर मोक्तान र बाँकेका सञ्जय केसी रहेका छन् । यसरी रुस र युक्रेनबीचको युद्धका क्रममा रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि मन्त्रालयले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो ।
विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षरकाे तयारी भएको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश३० फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको बताउनुभयो । “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।” जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै उहाँले संयुक्तराष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र युएईको दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट…
विश्व बैङ्कले नेपाललाई २६ अर्ब ५१ करोड रूपैया बराबरको ऋण सहयोग गर्ने
आर्थिक परिवेश१९ फागुन, काठमाडौं । विश्व बैङ्कले नेपालमा संचालनमा रहेका दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर अर्थात २६ अर्ब ५१ करोड रूपैया बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले त्यसताे निर्णय गरेको र उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने विश्व बैङ्कले जनाएको छ । वाशिङटन डिसीस्थित बैङ्कको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब १३ अर्ब २५ करोड रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ । प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो…
बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड अनुदान
आर्थिक परिवेश८ फागुन , काठमाडौँ । संयुक्त अधिराज्य बेलायतले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड करिब ११ अर्ब ७० करोड रूपैया अनुदान उपलब्ध गराउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन् । अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र यहाँस्थित बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले हस्ताक्षर गर्नुभयो । नेपालको भ्रमणमा रहनुभएका अफ्रिकाका निम्ति बेलायतका विकास मन्त्री एन्ड्रु मिचेल र अर्थमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर …