
प्रधानमन्त्री इटालीको रोममा विभिन्न कार्यक्रममा सहभागी हुँदै
आर्थिक परिवेश०७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुग्नुभएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान ७ः३० मा त्यहाँ पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले सो कार्यक्रमलाई विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ । प्रधानमन्त्रीलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहलाई प्रधानमन्त्री…

समस्या तथा चुनौती बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सम्मेलन महत्त्वपूर्ण : अर्थमन्त्री
आर्थिक परिवेश३ साउन,काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो भ्रमणबारे जानकारी गराउँदै अर्थमन्त्री महतले अल्पविकसित र विकासोन्मुख मुलुकले भोगिरहेका विभिन्न खालका समस्या तथा चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सो सम्मेलन महत्त्वपूर्ण रहेको बताउनुभयो । “सम्मेलनमा अल्पविकसित देशका समस्यालाई राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो । अल्पविकसित मुलुकले भोग्नुपरेको जलवायु परिवर्तनका समस्या, विश्वव्यापीरूपमा सूचना प्रविधि क्षेत्रको प्रयोगसँगै देखिएका चुनौती, डिजिटल कारोबारको व्यवस्थापन तथा यस्तो कारोबारको नियमनलगायतका विषय उठाइएका छन्”, अर्थमन्त्री महतले भन्नुभयो, । “डिजिटलरूपमा भइरहेका कारोबारलाई कसरी व्यवस्थापन गर्ने र…

अर्थमन्त्री डा. महत र भारतका अर्थमन्त्री सितारामणबीच भेटवार्ता
आर्थिक परिवेश०२ साउन ,गुजरात । भारतको गुजरातमा भइरहेको G20 अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भयो । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । भेटमा नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिनु भयो । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणको क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दस बर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गर्नु भयो । दुई देशवीचको ब्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम…

संरचनात्मक रूपान्तरणमा सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह
आर्थिक परिवेश२ साउन,काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले र नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत संरचनात्मक रूपान्तरणका लागि अल्पविकसित देशहरुलाई सहयोग गर्न विश्वव्यापी समुदाय समक्ष आग्रह गर्नु भएकाे छ । न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्वोधन गर्दै उपाध्यक्ष श्रेष्ठले अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्वोधन गर्दै त्यसताे आग्नह गर्नु भएकाे हाे । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा उत्पन्न संकटका प्रभावहरूका वारेमा प्रकास पार्दै अल्पविकसित राष्ट्रहरूमा दिगार्रूेविकासका लक्षहरु कार्यान्वयनलाई तीव्रता दिनु पर्ने बताउनु भयाे । उहाँले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको समयमै पूर्ण कार्यान्वयन सुनिश्चित गर्नु पर्नेमा जाेड दिदै बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकता रहेकाेमा जाेड दिनु भयाे । ‘एलडिसीहरु विश्वव्यापी…

अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता
आर्थिक परिवेश०२ साउन,गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ । भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गर्नु भयो । एक अर्काको चासो र सरोकार प्रति दुवै पक्ष सम्वेदनशील रहेको वारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो । भेटमा मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नु भएको नेपालको भ्रमणकाक्रममा उहाँले नेपालको आर्थिक विकासमा…