प्रधानमन्त्री दाहालले यही जेठ १७ देखि २० गतेसम्म भारतकाे भ्रमण गर्नु हुने
आर्थिक परिवेश१३ जेठ काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जानलाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री दाहालले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ । वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन…
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषयमा छलफल
आर्थिक परिवेश१२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकाे भारत भ्रमणको एजेन्डाबारे शुक्रबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । बैठकमा भ्रमणका क्रममा के–कस्ता एजेण्डालाई उठाउने भन्नेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिनु भयाे । ती मन्त्रीका अनुसार खासगरी भौतिक पूर्वाधार मन्त्रालय मातहतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्न भारत सरकारसँग आग्रह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । भारत सरकारको सहयोगमा सन् २०११ देखि सो रेल वे ट्रयाक खोल्ने काम सुरु भएको थियो । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले उठाउने यसबाहेक अन्य केही महत्त्वपूर्ण एजेन्डाबारे पनि छलफल भएको छ ।
नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव
आर्थिक परिवेश२७ वैशाख, काठमाडौं। अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ । नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा आइएमएफका डेपुटी डिभिजन चिफ टुरुनेन जाक्र्कोले नेपालको आयात क्रमिकरूपमा बढेको अवस्थामा मौद्रिक नीतिलाई खुकुलो बनाउने हो भने त्यसले अर्को समस्या ल्याउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । इसिएफमार्फत परिचालन भएका कार्यक्रमको समीक्षापछि आइएमएफले पाँच करोड २८ लाख अमेरिकी डलर बराबरको ऋण निकासा गर्ने घोषणा गरेको…
नाै महिनामा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब
आर्थिक परिवेश२७ वैशाख, काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब ३९ करोड रूपैया पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो । गत चैत सम्ममा नेपालले प्राप्त गरेको विप्रेषण अमेरिकी डलर ६ अर्ब ९२ करोड रूपैया बराबर हो । अमेरिकी डलरमा विप्रेषण आप्रबाह वृद्धिदर १३ दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या…