वीरगञ्जस्थित कृषि औजार कारखानाले १० किसिमका कृषि औजार र उपकरण बनायाे
आर्थिक परिवेश१३ जेठ ,पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तथा उपकरण तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताउनुभयो । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उहाँले बताउनुभयो । यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गरिसकेका छैनौँ”, उहाँले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भन्नुभयो…
नेपाल र चीन बीचका १४ वटै नाकाहरू संचालनमा
आर्थिक परिवेश१२ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका शनिवारदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि नेपालसंगका विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल-चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषणा गर्नु भयाे । नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात…
विद्युत् उत्पादन कम्पनीले झण्डै आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीका ठूला आयोजना अघि बढायाे
आर्थिक परिवेश०७ जेठ,काठमाडौँ। सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आयोजना निर्माणका लागि आवश्यक प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले अर्ध जलाशयुयुक्त प्रकृतिको चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागेको छ । सो आयोजना अगाडि बढाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २०७९ जेठमा भएको भारत भ्रमणका क्रममा भएको हो…
नीति कार्यक्रम अनुसारकै बजेट आउछ : अर्थमन्त्री
आर्थिक परिवेश०२ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताउनु भयो । मन्त्री पुनले नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता जनाउनु भयो । उहाँले ‘नीति कार्यक्रमले सबैमा उत्साह जगाएको उल्लेख गर्दै नीति कार्यक्रम अनुसारकै बजेट आउने बताउनु भयो । राष्ट्रबैंकका तर्फबाट बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव प्राप्त भएको भन्दै उहाले बजेट र नीति कार्यक्रममा तादात्म्यता मिलाउन दुई निकायबीच सघन…
प्राकृतिक रेशाजन्य तथा मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण बढी
आर्थिक परिवेश२९ बैशाख, काठमाडौँ । काठमाडाैकाे भृकुटीमण्डपमा जारी नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा शनिवार अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले यही वैशाख २६ गतेदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी महाेत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण बढी देखिएकाे छ । प्रदर्शनीमा विभिन्न प्रकारका अचार, मह, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन र यसका प्रकार, माहुरीसम्बन्धी जानकारी, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन उपभोक्ताहरूले निकै मन पराएको…