हुन्डाई मोटर एसेम्बलिङ’ प्लान्ट शुरू, नेपालमा नै गाडि उत्पादन हुने, प्रमबाट उद्घाटन
आर्थिक परिवेश

२८ वैशाख,नवलपरासी ।     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ प्लान्ट शुभारम्भ कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन…

सुनकोशी–मरिन  डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचाेलियाे
आर्थिक परिवेश

२६ बैशाख, सिन्धुली ।   सुनकोशी–मरिन  डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कान ढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुम टारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कान ढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन  डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुम टारदेखि सुनकोशी–७ कान ढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ । लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थु्र गर्न सफल भएको सुनकोशी–मरिन  डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । खन्न सुरु…

दैलेखमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको  ‘ड्रिलिङ’ को काम शुरू
आर्थिक परिवेश

२४ बैशाख, दैलेख ।  दैलेख जिल्लाको भैरवी गाउँपालिकाकाे  जलजलेमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको  ‘ड्रिलिङ’ को काम आइतवारबाट शुरू भएकाे छ । अन्तिम अन्वेषण कार्यअन्तर्गतको  ‘ड्रिलिङ’ को शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नु भएकाे छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको  ‘ड्रिलिङ’ को शुभारम्भ गर्नुहुँदै उद्याेग मन्त्री  भण्डारीले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्नेछ भन्नुभयो । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा…

प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
आर्थिक परिवेश

२० वैशाख,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताउनुभएको हो । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा। हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति प्रचण्डलाई भेट गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिनुभयो । “विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु…

देशका ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो स्थानीयस्तरमा सजगताकाे कमी      
आर्थिक परिवेश

२० बैशाख, काठमाडौँ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेकाेले  वातावरणमा प्रदुषणकाे  समस्या देश भर देखा परेकाे छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहिवार  बैशाख २० गते सम्ममा ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो । “आज पनि देशभर डढेलोको अवस्था बिकराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।” उहाँका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला…