मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्ने नाराकासाथ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै
आर्थिक परिवेश१९ बैशाख, काठमाडौं। आज १ मे, १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुर आन्दोलनको सम्झनामा विश्वभर विभिन्न कार्यक्महरकाे अायाेजना गरर मनाइदै छ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । मजदुर आन्दोलन…
२०३५ सम्ममा २८ हजार मेघावाट विद्युत उत्पादन गर्न ४६ खर्ब लगानी आवश्यक : उर्जा मन्त्री
आर्थिक परिवेश१७ वैशाख,काठमाण्डौ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताउनुभएको छ । लगानी सम्मेलनको दोस्रो दिन आज ऊर्जा क्षेत्रका सम्बन्धमा आयोजित छलफलमा उहाँले एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी, छ सय ३५ मेगावाट क्षमताको दुधकोशी निर्माणमा जाने अन्तिम तयारीमा रहेको बताउनुभयो । उहाँले चार सय १७ मेगावाट क्षमताको नलसिंह गाड, एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण पनि निर्माणमा जाने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । मन्त्री बस्नेतले ती आयोजना आन्तरिक रुपमा बिजुलीको सहज आपूर्तिका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्यातका लागि समेत योग्य रहेको बताउनुभयो । दर्जनौँ…
काठमाडौँमा हिमालयन हाइड्रो एक्स्पो शुरू राष्ट्रपतिबाट उद्घाटन
आर्थिक परिवेश१३ बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ । नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौँमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको लगानीबाट नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रबल सम्भावना रहेकाले यसका लागि सरकारले ऐन, कानुन, नीति–नियमहरूमा सहजीकरण गर्नुपर्ने र निजी क्षेत्रले मुलुकको हित र समृद्धिलाई सर्वोपरि मानेर लगानी बढाउँदै जानुपर्ने बताउनुभयो । नेपालको आर्थिक समृद्धिको लागि सरकारले…
वित्तीय विकास संस्था डिएफआइका प्रतिनिधिहरूले नेपालमा लगानी विस्तार गर्ने
आर्थिक परिवेश१२ बैशाख, काठमाडौं । नेपालका बैङ्क तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगकाे सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्था (डेभलपमेन्ट फाइनान्स इन्सिच्युसन)को प्रतिनिधिमण्डलले बुधवार अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गरेको छ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डा डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अर्थमन्त्री पुनसँग अर्थ मन्त्रालयमा भेट गरेको उहाँको सचिवालयले जनाएको छ । नेपालका वाणिज्य बैङ्कहरूसँग मात्र सहकार्य गर्दै आएका अन्तर्राष्ट्रिय विकास संस्थाले आगामी दिनमा विकास बैङ्क र वित्त कम्पनीमार्फत पनि लगानी गर्न चाहेको बताएका छन् । त्यस्ता संस्थाले हालसम्म नेपालका बैङ्कहरूमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि अमेरिकी…
माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गरिने
आर्थिक परिवेश१० वैशाख,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको छ । अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ । निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत आयोजनाहरुको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै…