नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न सम्झौतामा हस्ताक्षर
आर्थिक परिवेश

७ वैशाख, काठमाडौं ।  नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत् आयोजनाले ग्रीन हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू) सँग ग्रिन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न शुक्रबार एक सम्झौतामा हस्ताक्षर गरेको हो । यसअघि काठमाडौं विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्डभित्रै हाइड्रोजन ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर निजी क्षेत्रबाट भने यसअघि हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् । बुद्धभूमि हाइड्रोपवार कम्पनीले नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा ल्याएको ५ मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत्…

१ हजार ६३ मेगावाटकाे माथिल्लो अरुण जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनकाे सैद्धान्तिक सहमति
आर्थिक परिवेश

०७ बैशाख, काठमाडौं।   सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैङ्क उच्च नेतृत्वबीच वासिङ्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पुन र विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैङ्कको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । माथिल्लो अरुण परियोजनामा वित्तीय व्यवस्थापनका लागि विश्व बैङ्कले नेतृत्व गर्ने गरी सैद्धान्तिक निष्कर्षमा पुगिएको मन्त्री पुनको…

राष्ट्रिय हेमजा आलु महोत्सव सुरु, करिब १५ करोडको आलु बिक्री गर्ने लक्ष्य
आर्थिक परिवेश

२५ चैत्र, हेम्जा, पाेखरा । पोखरामा आइतबारदेखि १२ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । उक्त अवसरमा बिष्णुपादुका क्लबको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताउनुभयो । उहाँले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको दाबी गर्नुभयो । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिँचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपूरक…

नेपालको सूचना प्रविधि उद्योग शुरुवाती अवस्थामै मार्ने काम गर्न हुँदैन
आर्थिक परिवेश

२४ चैत्र, काठमाडौं ।     नेपालका विभिन्न ३ वटा संघहरूले  पछिल्लो पटक सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा लगानीकर्ताहरुलाई दुरुत्साहित गर्ने तथा निजी क्षेत्रको मनोबल घटाउने गरी भएको गतिविधिले गम्भिर ध्यानाकर्षण भएकाे भन्दे त्यसताे निर्णय सच्याउन माग गरेका छन् । नेपाल उद्योग परिसंघ, नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज्  र अमेरिकन च्याम्बर अफ कमर्स इन नेपालले  एक विज्ञप्ती जारी गरी  आइटी उद्योग र यसले रोजगारी सृजना र राजस्वमा गरेको योगदानमा असर पर्न जाने हुँदा सरकारी निकायबाट भएको अस्वाभाविक निर्णय तत्काल सच्चाई त्यस्ता उद्योग तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीको वातावरण रहेको आश्वस्त पार्न अपिल गरेका छन् । नेपालको…

वित्त आयोगकाे कार्यसम्पादन विश्लेषणमा दुईवटा सूचकमा सबै प्रदेशको अङ्क शून्य
आर्थिक परिवेश

११ चैत्र, काठमाडौं ।  राट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारबाट आगामी आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानका लागि प्रदेश र स्थानीय तहहरुको कार्यसम्पादन विश्लेषण गरेको छ । कार्यसम्पादनमा कोशी प्रदेशले सबैभन्दा धेरै ४० दशमलव ८९ अङ्क प्राप्त गरेको छ । मधेश प्रदेशले ३७ दशमलव ३१, बागमतीले ३७ दशमलव २९, गण्डकी प्रदेशले ३३ दशमलव ०७, कर्णाली प्रदेशले ३० दशमलव ९८ र सुदूरपश्चिम प्रदेशले ३१ दशमलव ०८ अङ्क प्राप्त गरेका छन । कार्यसम्पादनमा सबैभन्दा कमजोर लुम्बिनी प्रदेश देखिएको छ । लुम्बिनीले २६ दशमलव ९९ अङ्क पाएको छ । आयोगले विभिन्न सूचकका आधारमा प्रदेशहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको हो…