आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन १४ सांसदहरुकाे माग
आर्थिक परिवेश

१६ वैशाख,काठमाडौँ । संघीय संसदमा  कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त रुपमा योजना पेश गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गर्नुभएको छ । आज पनि कर्णाली प्रदेश नेपालको जनगणना २०७८ को तथ्यांकअनुसार निरपेक्ष गरिबी २८.९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालको अन्य प्रदेशहरूको तुलनामा समग्र विकासको हिसाबले हेर्दा कर्णाली प्रदेश अझै पनि निकै पछाडि रहेको एक मात्र प्रदेश भएको उल्लेख छ । कर्णाली विकासका लागि दीर्घकालीन महत्त्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड दिइएको छ । जसअनुसार कर्णाली प्रदेशको कृषि उत्पादन जडीबुटी र लघु उद्योगहरूलाई…

नेपालबाट वार्षिक तीन अर्ब ४३ करोडको चिया निर्यात आयात ४० प्रतिशतभन्दा बढीले घट्याे
आर्थिक परिवेश

१४ वैशाख,काठमाडाै‌ ।  नेपालमा चियाको खपत र उपभोग बढ्दै जाँदा यहाँका विभिन्न २० जिल्लामा हाल व्यवसायिकरुपमा चिया खेती विस्तार भएको छ । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ । हाल १५ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन् । नेपालले अधिकांश उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी भारतलगायत तेस्रो मुलुकमा समेत नेपाली चिया निर्यात भइरहेको छ । वार्षिक करिब  चार अर्ब मूल्य बराबरको चिया…

भूमिसम्बन्धी समस्यामा वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

१४ वैशाख,काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव हुने बताउनु भएको छ । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उहाँले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिनुभएको हो । छलफलका क्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यसपटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोंच बनाएको छु । पटक–पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भूमरीमा पर्नुहुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।” भेटमा प्रधानमन्त्री दाहालले सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या…

गोल्छा ग्रुपले आजबाट कोरियन प्रविधिको सामुसङ टिभीको उत्पादन सुरु
आर्थिक परिवेश

१३ वैशाख, नवलपरासी । गोल्छा ग्रुपले बुधवारबाट कोरियन प्रविधिमा अाधारित भै  सामुसङ टिभीको उत्पादन सुरु गरेकाे छ  । टिभीको उत्पादन सुरु भएको समारोहमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्राउने वातावरण बनाउन सरकार सधैँ लागि परेको बताउनुभएको छ । गोल्छा ग्रुपले आज बाट कोरियन प्रविधिको सामुसङ टिभीको उत्पादन सुरु भएको समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनु भएको हो । ‘कोरियाले नेपाली युवालाई रोजगारी दिने देखि नवीनतम प्रविधिको विकासमा वर्षौँ देखि सहयोग गर्दै आएको छ ।’उहाँले भन्नुभयो ,‘ नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले ब्यापार घाटा घट्नुको साथै नेपालमा रोजगारी समेत बढ्ने छ । विदेशी प्रविधि…

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिवद्धता
आर्थिक परिवेश

१२ वैशाख, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताउनु भएको हो। भेटमा अध्यक्ष डा. पुनले “यात्री” लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो। डा. पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानुन निर्माणको काम…