भारत र चीनसंगको व्यापारमा उच्च घाटा अमेरिका संगको व्यापार नाफामा
आर्थिक परिवेश

७ असोज, काठमाडौ । चालु आर्थिक वर्षको दुई महिनामा मुलुकको निर्यात २६ अर्ब ४४ करोड ७० लाख रुपैयामा खुम्चिएको छ । यस अवधीमा दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु नेपालमा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच…

साउन र भदौमा नेपालबाट भारतमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात
आर्थिक परिवेश

४ असोज,काठमाडौं, ।  चालुआर्थिक वर्ष (आव) २०८०÷८१ को दुई महिनामा ५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको छ । दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँ)विद्युत् निर्यात भएको हो । साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमश ः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री…

ऊर्जा क्षेत्रलाई प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रूपमा अगाडि बढाउने सरकारकाे तयारी
आर्थिक परिवेश

२ असाेज, काठमाडाैं ।  मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रूपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आइतबार बुझाइएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनाले ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने र सोही अनुसारको या्ेजना बनाउन सुझाव दिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित कार्यदलले सन् २०२५ सम्म हालकै मागअनुसार पनि अधिकतम विद्युतको माग पाँच हजार चार सय ७४ मेगावाट बराबर हुने उल्लेख गरेको छ । जल तथा ऊर्जा आयोगले सन् २०१५ देखि २०४० सम्मका लागि कूल गार्हस्थ्य उत्पादनमा चार दशमलव पाँच…

वार्षिक १२/१३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त छु : गभर्नर अधिकारी
आर्थिक परिवेश

 २ असोज , काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताउनु भएकाे छ । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात हुने र उक्त परिमाणको विद्युत निर्यात गर्न विकास गर्नुपर्ने विद्युत आयोजनाको लागि लगानीमा समस्या नहुने समेत बताउनु भयाे  । भेटमा  इप्पान अध्यक्ष गणेश कार्कीले बैंकले विद्युत आयोजनामा लगानी गर्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नै पर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह गर्नु भएकाे थियाे । जवाफमा…

सस्तो ब्याजदरमा दीर्घकालिन ऋणदिन एफएमओलाई इप्पानकाे आग्रह
आर्थिक परिवेश

२७ भदौ , काठमाडौं ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ । बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन एफएमओसंग आग्रह गरेका हुन् । इप्पान अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत आयोजनाको सरकारले विद्युत खरिद विक्री सम्झौता (पीपीए) नै खारेज गरेको स्मरण गराउँदै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताए । ‘सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत उत्पादनको रणनीति लिएको छ । नेपाली बैंकहरुले…