नेपालका सिमेन्ट तथा स्टील उद्याेगहरू पूर्ण क्षमतामा चल्नु पर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
आर्थिक परिवेश

१७ फागुन, काठमाडौं। दोस्रो नेपाल ट्रेड समिट बुधबारदेखि काठमाडाैंमा शुरु भएको छ। स्टिल मिन्टले आयोजना गर्दै आएको ट्रेड समिटको उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायनकाजी श्रेष्ठले उद्घाटन गर्नु भएकाे छ । कार्यक्रममा  मन्त्री श्रेष्ठले नेपालको पूर्वाधार विकासका लागि स्टिल, सिमेन्ट  र कोइलाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयाे । ‘कुनै पनि देश विकसित हुन पूर्वाधार विकास हुन आवश्यक छ,’ उहाँले भने, ‘यसका लागि सिमेन्ट उद्योग तथा स्टिल उद्योगहरु राम्रोसँग पूर्ण क्षमतामा संचालन हुनुपर्छ’ भन्दै सिमेन्ट र स्टिल उद्योगमा लगानी गर्न समेत लगानीकर्ताहरूलाइ मन्त्री  श्रेष्ठले आग्रह गर्नु भयाे । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले निर्माण उद्योगहरुलाई…

वैज्ञानिक आविष्कारलाई अगाडि नबढाईकन नेपालको विकास हुँदैन : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

९ फागुन, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनु भएको छ। मंगलवार बालुवाटारस्थित प्नधानमन्त्रीकाे सरकारी निवासमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो। “वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाईकन नेपालको विकास हुँदैन” उहाँले भन्नुभयो, “नेपाल स्वतन्त्र भएर आत्मसम्मानका साथ बाँच्ने अवस्थातिर जाँदैन।” वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसकाे विकास अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो।  “अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन” प्रधानमन्त्रीले भन्नु भयाे । विज्ञान र…

विद्युत व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण अघि बढाउन नेपाल भारत सहमत
आर्थिक परिवेश

७ फागुन,काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीच उच्च क्षमताका विद्युत प्रसारण लाइन विस्तार अघि बढाउने निर्णय गर्दै सम्पन्न भएको छ । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारत सरकारको विद्युत मन्त्रालयका सचिव आलोक कुमारको सह अध्यक्षतामा शनिबार भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न बैठकले अन्तरदेशीय विद्युत व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको हो । विद्युत् उत्पादन, प्रसारण र व्यापारका लागि संयुक्त निर्देशक समितिको बैठक कोशेढुंगा भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले बताउनुभयो । बैठकमा सहभागी कार्यकारी निर्देशक घिसिङले नेपालले भारतको प्रसारण ग्रिडको प्रयोग गरी…

१५ प्रतिशत महँगो भएपनि सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन
आर्थिक परिवेश

६ फाल्गुन, काठमाडौं।  सरकारले १५ प्रतिशत महँगो भएपनि सार्वजनिक निकायमा स्वदेशमा उत्पादित  वस्तु प्रयोग गर्न सम्वद्ध निकायहरूकाे ध्यानाकषर्ण गराएकाे  छ। प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) आएपछि व्यापार घाटा न्यूनीकरणका लागि याे व्यवस्था कार्यान्वयनमा   ल्याउन पहल अघि बढाउनु भएकाे हाे । ८ बर्ष अघि जारी भएकाे तर कार्यान्वयनमा ल्याउन तत्परता नदिइएकाे  १५ प्रतिशत महँगो भएपनि सार्वजनिक निकायमा स्वदेशमा उत्पादित  वस्तु प्रयोग गर्ने   सम्बन्धी     िनर्देशिका   कार्यान्वयनमा  ल्याउन उद्योग मन्त्रालयले शुक्रबार निर्देशन जारी गरेको छ। सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्वन्धि निर्देशिका २०७१ आएपनि यो प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको थिएन। यो कार्यान्वयनमा नआएको भन्दै उद्योगीले विरोध गर्दै आएका थिए। ८ वर्ष अघि…

पावर समिट २०२३ आयोजना हुने, ५ हजार मेगावाटका आयोजनामा १० खर्ब रुपैयाँ लगानीको प्रत्याभूति गराउने लक्ष्य 
आर्थिक परिवेश

३ फागुन,काठमाडौं।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ‘पावर समिट-२०२३’ आयोजना गर्ने भएको छ। इप्पानले आठौं संस्करणको पावर समिट चैत १४ र १५ गते काठमाडौंमा आयोजना गर्न लागेको हो। समिटको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने बताइएको छ। ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनी, बिक्रेता, थिंक ट्यांक र अन्य ऊर्जा क्षेत्रका सरोकारवाला उपस्थित हुनेछन्। सम्मेलनमा करिब ८०० जना सहभागी हुने प्रक्षेपण गरिएको छ। सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहने छ भने प्रायोजकहरूमा प्रमुख विश्व बैंक, आइएफसी,…