व्यवसायीहरुको मनोबल बढे मात्र देशमा लगानीको वातावरण बन्छ : अध्यक्ष ढकाल
आर्थिक परिवेश

२३ असार, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएको बताउनुभएको छ । व्यवसायीहरुको मनोबल बढाउने काम गर्न सरकारले ध्यान दिनु पर्छ भन्नुहूदै अध्यक्ष ढकालले उद्योगी तथा व्यवसायीहरुको मनोबल बढेमा मात्र देशमा लगानीको वातावरण बन्न नसक्ने बताउनुभयो । नवलपरासी उद्योग वाणिज्य संघको पन्ध्रौं पद हस्तान्तरण तथा अतिथिगृह उद्घाटन समारोहलाई शनिवार परासीमा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिपछि व्याजदर घट्ने र थलिएको अर्थतन्त्र पुन चलायमान हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष केशव भण्डारीले नवलपरासीलाई ओैद्योगिक…

नेपालको पहाडी क्षेत्रको पानी हङकङ र मकाउ निर्यात शुरु
आर्थिक परिवेश

२३ असार, काठमाडौं ।   निर्यातकाे संभावना  रहेकाे नेपालकाे पहाडी क्षेत्रमा उत्पादित बोतलबन्द पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको हो । हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय रुपैया पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास उत्पादक कम्पनीले लिएको छ । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च…

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

२१असार , काठमाडौँ।   प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि वर्षेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताउनुभएको छ। बिहीबार दिउँसो पोखरा विश्वविद्यालयको सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताउनुभएको हो।   विश्वविद्यालयको २३ औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पछिल्लोसमय नेपाली विद्यार्थीहरूमा विदेशमा अध्यययन गर्न जाने अस्वाभाविक आकर्षण बढेको छ। यस विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी छ।’’ संघीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएकोसमेत प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘संघीय शिक्षा…

उद्याेगीहरूले भेटे उद्याेग मन्त्री चोरी पैठारी नियन्त्रणमा कडाई गर्न माग
आर्थिक परिवेश

२० असार, काठमाडाैं ।  नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालबीच बुधवार छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थतन्त्र,औद्योगिक उत्पादन बृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा छलफल गर्नुभएको हो । परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न अति आवश्यक रहेको त्यसका लागि प्रभावकारी बजेट कार्यान्वयन एवं निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताउनुभयो । उद्योगहरुको प्रबद्र्धनका लागि नीतिगत स्थिरतामा उहाँले जोड दिनुभयो । ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गामा हदबन्दी हुन नहुने, चोरी पैठारी नियन्त्रण गर्न कडाई गर्नुपर्ने, उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन  र अग्रिम जमानत…

श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एशोसिएसन
आर्थिक परिवेश

१९असार,काठमाडौं ।   काठमाडौं पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एशोसिएसन गठन गरेको छ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष रहेका श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ भने व्यवसायी श्रेष्ठ भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थी समेत हुनुहुन्छ । वि.सं.२०३४ सालदेखि एसएलसी परीक्षामा सहभागी भानुभक्त मेमोरियल स्कुलबाट हालसम्म ७ हजार विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेका छन् । त्यस विद्यालयका विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी विदेशिएका छन् । प्रथम ब्याचका श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको हो । पूर्व विद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा भएको भेलाले तदर्थ समितिको उपाध्यक्षमा हर्षसागर…