दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्न परियोजना प्रतिवेदन (डिपिआर) तयार
आर्थिक परिवेश०६ मंंसिर, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने उहाँले बताउनुभयो । “सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको हो ।” डिपिआरमा सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर…
भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रियाे
आर्थिक परिवेश२८ कार्तिक , वीरगंज । तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफूल, ड्राई फ्रुट्स, भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । यस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै ९० करोड भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटिकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले…
विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो,बक्यौता रकम करिब ६२ करोड
आर्थिक परिवेश२५ कार्तिक, काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ । असूलउपर गर्नुपर्ने विद्युत् महशुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् । यसअवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ । मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरुले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता…
नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न काठमाडौँ महानगरपालिकाले सहजीकरण गर्ने
आर्थिक परिवेश२५ कार्तिक, काठमाडौं । तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिका भित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पु¥याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उहाँले बताउनुभयो । महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरुप महानगरपालिकाले…
१०६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता
आर्थिक परिवेश१७ कात्तिक,काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत, सङ्खुवासभाका संघीय सांसद दिपक कार्की, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व गरिरहेको विश्व बैंककी प्रबन्ध–निर्देशक आना वियर्डे एशियाली विकास बैंक (एडिबी)का महानिर्देशक रमेश सब्रमण्यमसहितको टोलीले शुक्रबार आयोजनास्थलको निरीक्षण भ्रमण गरेको थियो । भोटखोला गाउँपालिका–४ छोग्राङमा आयोजना गरिएको कार्यक्रममा अर्थ मन्त्री महतले माथिल्लो अरुण जलविद्युत आयोजना देखिने गरी कार्यान्वयनको चरणमा पुग्न लागेको बताउनुभयो…