स्वास्थ्य मन्त्रालय र अन्तर्गतमा अधिकृत स्तरको १ सय ७२ अस्थायी दरबन्दी स्वीकृत
आर्थिक परिवेश१७ असाेज, काठमाडौं। सरकारले विश्व बैकबाट प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर सहुलियत पूर्ण ऋण तथा ३ दशमलव ८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विश्व बैकबाट प्राप्त हुने सो सहायता नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि खर्च गरिने बताउनुभयो । मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकले स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ५ दशमलव ४५ मिलियन स्वीस् फ्र्याङ्क अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको बताउनुभयो । यस्तै सरकारले नेपाल र स्वीट्जरल्याण्ड तथा…
नेपाल र चीनबीच विभिन्न १३ वटा विषयमा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर
आर्थिक परिवेश८ असाेज, बेइजिङ ,चीन । नेपाल र चीनबीच विभिन्न १३ वटा विषयमा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच साेमवार ग्रेट हल अफ दी पिपुलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा मीनबहादुर…
भारत र चीनसंगको व्यापारमा उच्च घाटा अमेरिका संगको व्यापार नाफामा
आर्थिक परिवेश७ असोज, काठमाडौ । चालु आर्थिक वर्षको दुई महिनामा मुलुकको निर्यात २६ अर्ब ४४ करोड ७० लाख रुपैयामा खुम्चिएको छ । यस अवधीमा दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु नेपालमा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच…
साउन र भदौमा नेपालबाट भारतमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात
आर्थिक परिवेश४ असोज,काठमाडौं, । चालुआर्थिक वर्ष (आव) २०८०÷८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको छ । दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ)विद्युत् निर्यात भएको हो । साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमश ः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री…
ऊर्जा क्षेत्रलाई प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रूपमा अगाडि बढाउने सरकारकाे तयारी
आर्थिक परिवेश२ असाेज, काठमाडाैं । मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रूपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आइतबार बुझाइएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनाले ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने र सोही अनुसारको या्ेजना बनाउन सुझाव दिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित कार्यदलले सन् २०२५ सम्म हालकै मागअनुसार पनि अधिकतम विद्युतको माग पाँच हजार चार सय ७४ मेगावाट बराबर हुने उल्लेख गरेको छ । जल तथा ऊर्जा आयोगले सन् २०१५ देखि २०४० सम्मका लागि कूल गार्हस्थ्य उत्पादनमा चार दशमलव पाँच…