देशभर धान दिवस मनाइदै धान खेत घडेरीमा परिणत हुँदै क्षेत्र पनि घट्याे
आर्थिक परिवेश

  १५ असार काठमाडाैँ  ।  आज असार १५ गते राष्ट्रिय धान दिवस । यस दिन रोपाइँ महोत्सव पनि गरिन्छ । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ। यस दिनलाइ मानाे राेपी मुरी फलाउने दिन पनि भन्ने गरिन्छ । सरकारले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको छ । तर, ‘धानमा आत्मनिर्भरता र समृद्धि’ को नारा लगाउँदै गर्दा किसानले छर्ने बिउ भने बर्सेनि १ अर्ब रुपैयाँ बढीको विदेशबाट  भित्रिने गरेको छ । हामीले हामीलाइ चाहिने बिउमा पनि विदेशीकाे मुख ताकेर हामी कहिले धानमा अात्मनिर्भर…

बन्द चिया उद्योगहरू पुनः सञ्चालन समस्या समाधान गर्ने सरकारकाे आश्वासन
आर्थिक परिवेश

११ असार, काठमाडौं ।    सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा भएका छन् । भारतले चिया निर्यातमा खडा गरेको अवरोधका कारण असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरू खुल्न थालेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्दै आश्वासन दिएपछि बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू पुनः सञ्चालनमा आएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनु भयाे  । सरकारले माग सम्बोधन गर्न तदारुकता देखाएपछि उद्योगहरू सञ्चालन गर्ने निर्णय गरिएको गुप्ताले बताउनु…

२६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध
आर्थिक परिवेश

११ असार,काठमाडौँ ।    किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध…

दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै
आर्थिक परिवेश

११ असार,नारायणगढ (चितवन)।   नेपालको कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी, जलवायु उत्थानशील र भविष्यउन्मुख बनाउने उद्देश्यका साथ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आजदेखि तीन दिने राष्ट्रिय सम्मेलन सुरु हुन लागेकाे हाे । विश्वविद्यालयअन्तर्गतको अनुसन्धान तथा प्रसार निर्देशनालयको आयोजनामा आजदेखि सुरु भई यही असार १३ गतेसम्म ‘दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन’ सञ्चालन हुन लागेको हो । आयोजक समितिका संयोजक प्राडा निराजन भट्टराईका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कृषि रूपान्तरण, खाद्य तथा पोषण सुरक्षा, जलवायु अनुकूलन, प्राकृतिक स्रोत व्यवस्थापन, पशु चिकित्सा, एक-स्वास्थ्य, चक्रीय अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल कृषि र सामाजिक समावेशीकरण जस्ता बहुआयामिक विषयहरूमा गहन छलफल…

इलामका चिया उद्योग  बन्द कुटनीतिक पहलका लागि माग
आर्थिक परिवेश

०३, असार,  काठमाडौँ । भारतीय टि बोर्डले नेपालबाट भारत जाने चियामा अनिवार्य प्रयोगशाला परीक्षणको  व्यवस्था गरेर झण्झटिलो  माध्यम अपनाउँदै नेपाली चियालाई रोक्ने नीति लिएसँगै इलामका उद्योग गत असार १ गतेदेखि  बन्द भएका छन् । उद्योग बन्द भएसँगै इलामका ५३ उद्योगले किसानका हरियो चिया लिएका छैनन् ।  आज उद्योगीहरूले सूर्योदय नगरपालिकाको फिक्कल बजारमा र्‍याली निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् । किसानको समस्या समाधान गर किसानको भविष्य सुरक्षित गर उद्योगीलाई राहत देऊ चियाको बजार सुनिश्चित गरिदेऊ लगायतका प्लेकार्ड बोकेर मौन र्‍याली निकालिएको थियो । यस्तै सूर्योदय नगरपालिकाका कार्यबहाक नगरप्रमुख दुर्गा कुमार बरालाई ध्यानाकर्षण पत्र समेत  बुझाएका छन् । आफूहरू कुनै विकल्प नभए पछि उद्योग…