
भाेजपुर जिल्लाबाट ३५ करोड २८ लाखको सुन्तला निर्यात
आर्थिक परिवेश२७ माघ भोजपुर । यस वर्ष भाेजपुर जिल्लाबाट ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । हालसम्म जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको तथ्याङ्क रहेको प्रमुख यादवले बताउनुभयो । “जिल्लाबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ”, प्रमुख यादवले भन्नुभयो, “यहाँको सात सय ९० हेक्टर क्षेत्रमा…

कालीमाटी तरकारी बजारमा विगतमा भन्दा सस्ताे मुल्य
आर्थिक परिवेश२६ माघ, काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । शनिवार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५, आलु रातो प्रतिकेजी ३७, आलु रातो (भारतीय) प्रतिकेजी ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६५, गाजर (लोकल) प्रतिकेजी ४०, गाजर (तराई) प्रतिकेजी ३० रूपैयामा रहेकाे छ । बन्दा (लोकल) प्रतिकेजी १५, बन्दा (तराई) प्रतिकेजी १२, बन्दा (नरिवल) प्रतिकेजी १२, काउली स्थानीय प्रतिकेजी १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २०, काउली (तराई) प्रतिकेजी १५ रूपैयामा किनबेच भएकाे छ । त्यसतै…

नेपाली चियाको भारत निर्यातमा देखिएका समस्याका समाधानकाे माग
आर्थिक परिवेश२३ माघ, काठमाडौँ । चिया उत्पादकहरूको नेपाली चियाको भारत निर्यातमा देखिएका समस्याका समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिहरूले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग गर्नु भएको हो । ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महसुलको प्रबन्ध गरिनु पर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष राखेका छन् । चिया उत्पादकहरूको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल…

गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड २७ लाखको सुन्तला उत्पादन
आर्थिक परिवेश२१ माघ, गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक विवरण अनुसार प्रदेशमा ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिनु भयाे । ‘किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । प्रदेशमा सबैभन्दा बढी स्याङ्जा जिल्मामा एक अर्ब ७१ करोड ६३ लाख ९० हजार रुपैया बराबरको सुन्तला फलेको छ । त्यसै गरी तनहुँमा …

कृषि औजारको एशिया प्रशान्त क्षेत्रमा मान्य मापदण्ड हुने
आर्थिक परिवेश१९ माघ, काठमाडौँ । गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको ११औँ वार्षिक बैठक यहाँ सुरु भएको छ । एशिया प्रशान्त कृषि औजार परीक्षण सञ्जाल (एन्टम)मा यस क्षेत्रका २३ देश सदस्य छन् । २३ सदस्य देशमध्ये बैठकमा १९ देशका ५५ जना प्रतिनिधिको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने बैठकले एशिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानुनी व्यवस्था गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि औजारको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता सामग्री गुणस्तरीय हुन आवश्यक रहेको बताउनुभयो । नेपालमा गुणस्तरीय…