देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
आर्थिक परिवेश

 १५ असार,भरतपुर (चितवन) ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई अन्य  खाद्यान्नमा समेत आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनु भएको छ । भरतपुर महानगरपालिकाले शनिवार भरतपुरमा आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता गर्ने र यान्त्रिकिकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने विश्वास व्यक्त गर्नुभयो । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख…

विगत चार वर्षको औषतकाे तुलनामा चालु बर्षमा धानकाे उत्पादन ५ दशमलव ०८ प्रतिशतले बढी
आर्थिक परिवेश

 १५ असार, काठमाडाैं ।  चालु आर्थिक बर्षमा मुलुकमा  धानको कूल उत्पादन गत बर्ष भन्दा ४ दशमलव ३३ प्रतिशतले बढेर ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको छ । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार कूल धानबाली लगाइएकाे   क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । गत बर्ष कुल १४  लाख ४७ हजार ७ सय ८९  हेक्टर क्षेत्र फलमा धान राेपाइ भएकाे थियाे । यो क्षेत्रफल गत…

असार दोस्रो सातासम्म मुलुकमा कुल क्षेत्रको ९.८ प्रतिशतमा मात्रै रोपाइँ
आर्थिक परिवेश

१३ असार, काठमाडौं ।   असार दोस्रो सातासम्म मुलुकमा कुल क्षेत्रको ९.८ प्रतिशतमा मात्रै रोपाइँ भएको छ । १२ असारसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४ सय ११ हेक्टमा मात्रै धान रोपिएको छ । नेपालमा १३ लाख ९८ हजार ८ सय ३६ हेक्टरमा रोपाइँ हुने गरेको छ । कृषि विभागका अनुसार गत वर्षको दाँजोमा यो वर्ष पनि रोपाइँ दर नबढेको हो । १० असार २०८० सम्म कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल किनबेच  नगर्न आग्रह
आर्थिक परिवेश

०९ असार, काठमाडौँ  । सरकारकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल किनबेच  नगर्न आग्रह गरेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेकाे छ । पछिल्लाे समय नेपालमा त्यसरी पकाएर फलफूल बिक्रि गर्ने  क्रम बढेकाेले  विभागले कार्वाइड प्रयोग गरेका फलफूल किनबेच  नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिनुभयो । यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले…

पर्वतकाे जलजला तरकारी खेतीले झलमल्ल बर्षेनी ५ कराेड गाँउमा भित्रियाे
आर्थिक परिवेश

०९ असार, सालिजा, पर्वत।   उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी तरकारी   बेचेर वार्षिक  पाँच करोडभन्दा बढी रकम  गाउ भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रमार्फत तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी तरकारी बढी उत्पादन हुने भएकाले किसानले राम्राे  आम्दानी गरेका हुन  । व्यावसायिक तरकारी उत्पादन गर्न थालेपछि यहाँका किसानहरूको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा तरकारी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ…