साउन ५ सम्म ६८ प्रतिशत मात्र रोपाइ सम्पन्न गतबर्षको भन्दा २० प्रतिशत कम
आर्थिक परिवेश

५ साउन, काठमाडौं ।   साउन ५ गतेसम्ममा मुलुकभर ६८ प्रतिशत रोपाइ सम्पन्न भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले गत वर्ष २०७९ को श्रावण ५ गतेसम्म ८८ प्रतिशत रोपाइ सम्पन्न भएको थियो । यस हिसावले गत वर्षको यस अवधिको तुलनामा यस बर्ष २० प्रतिशतको हाराहारीमा कम रोपाइ भएको मन्त्रालयले उल्लेख गरेको छ । यस अवधीमा मुलुकभरको १३ लाख ५७ हजार ८ सय १६ हेक्टरमा रोपाइ सकिएको छ । विशेषगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण रोपाइमो कमी देखिएको मन्त्रालयले उललेख गरेको छ । कर्णाली प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको…

नेपालमा उत्पादित हाईलेज घाँस चीनतर्फ औपचारिक रुपमा निर्यात
आर्थिक परिवेश

३० असार, चितवन ।  नेपालमा उत्पादन भएको हाईलेज घाँस शनिवारबाट औपचारिक रुपमा चीनतर्फ निर्यात शुरु भएको छ । शनिवार चितवनको भरतपुरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपालका लागि चीनिया दूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हाइलेज निर्यात कार्यको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुभारम्भ गर्नु भयाे । निर्यात कार्यको शुभारम्भ गर्नु  हुँदै   गृहमन्त्री  श्रेष्ठले  चितवनबाट चीनमा हाईलेज घाँस निर्यात हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभएको भयो । उहाँले हाइलेज निर्यातले नेपालको निर्यात सुधारका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।   गृहमन्त्री श्रेष्ठले हाईलेज निर्यातले नेपालको आयात प्रतिस्थापन व्यापार घाटा कम र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको…

असार २९ गतेसम्म मुलुकभर ५३ प्रतिशत मात्र रोपाइ : कृषि मन्त्रालय
आर्थिक परिवेश

 २९ असार, काठमाडाै‌ ।  समयमा बर्षा नहुँदा असार २९ गतेसम्म मुलुकभर ५३ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको  छ । कृषि तथा पशुप‌क्षी विकास मन्त्रालयले कृषि विभागले प्रदेशसंगको समन्वयमा तयार गरेको विभिन्न प्रदेशको असार २९ गते  सम्मको धान रोपाइको  तथ्यांक सार्वजनिक गर्दै त्यसताे  जानकारी गराएकाे हाे  । गत वर्ष २०७९ को असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइ सम्पन्न भएको  थियो ।  यस हिसावले गत वर्षको यस अवधिको तुलनामा  १२ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको देखिन्छ । विशेषगरि  मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण यो कमी देखिएको हो । कर्णाली र सुदुरपश्चिम प्रदेशमा विशेषगरि गोरुमा…

बन्द भएको चितवन मिल्क हाल दैनिक एक लाख लिटर दूध प्रशोधन गर्दै
आर्थिक परिवेश

 २६ असार, भरतपुर ।  नेपालकै सबैभन्दा ठूलो पाउडर दुधकाे प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गर्न थालेकाे  छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुरयाएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताउनुभयो । चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ रहेकाेमा असार महिनामा उद्योगमा दूधको अभाव छैन । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म उद्योग सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो । पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लाका…

२१ असारसम्म करिब २७ प्रतिशत मात्र धान रोपाइँ
आर्थिक परिवेश

२२ असार, काठमाडौं ।  समयमा देशका विभिन्न  भागमा पानी नपर्दा असार  २१ गतेसम्म मुलुकभर करिब २७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो भने यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो । आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले…