राष्ट्र बैकले गठन गरयो बैकिड. क्षेत्र सुधार सुझाव कार्यदल
आर्थिक परिवेश३० जेठ, काठमाडौ । नेपाल राष्ट्र बैकले बैंकिड. क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि बैकिड. क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । नेपाल राष्ट्र बैकले बैंकिड क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्की–संयोजक, भुवनकुमार दहाल–सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक–सदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिड. क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको हो । कार्यदलको समयावधि एक महिनाको रहने गरी देहायका विषयमा सुझाव दिन जिम्मेवारी प्रदान गरिएको छ ः बैंकिड. नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिड. सेवाको विकासका सम्बन्धमा…
काठमाडौँ–तराई–मधेस द्रुत मार्गको विवाद वारेमा खोकना र बङुमति बासीसँग प्रधानमन्त्रीकाे छलफल
आर्थिक परिवेश२६जेठ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई–मधेस द्रुत मार्ग सडक आयोजनाको सुरु बिन्दुको विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर, वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जन सहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिनुभएको हो । सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकु छापमा कायम गर्न…
मुक्तिनाथ केवलकार परियोजनामा ५७ अर्ब ६४ करोड लगानी गर्न स्वीकृती
आर्थिक परिवेश२२ जेठ, काठमाडौ । लगानी बोर्डले विभिन्न जलविद्युत आयोजना र केवलकार परियोजनामा १ खर्ब १७ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहिवार सम्पन्न ६४ औ बोर्ड बैठकले बझाङ्ग माथिल्लो सेती जलविद्युत परियोजना (२१६ मेगावाट), बकान खोला जलविद्युत परियोजना (४४ मेगावाट) तथा छिलुङ्ग खोला जलविद्युत परियोजना (४३.२ मेगावाट) को गरी जम्मा ३०३.२ मेगावाट जडित क्षमता भएका परियोजनाहरुको ५९ अर्ब ७६ करोड रुपैया तथा मुक्तिनाथ केवलकार परियोजना (८१.०४१ कि.मि) को ५७ अर्ब ६४ करोड गरी कूल १ खर्ब १७ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत गरेको हो । साथै बैठकले बझाङ्ग माथिल्लो सेती जलविद्युत…
भाटभटेनीले भैरहवाको विशेष आर्थिक क्षेत्रमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन गर्ने
आर्थिक परिवेश२२ जेठ, काठमाडौ । नेपालको चर्चित व्यापारिक समूह भाटभटेनीले भैरहवाको विशेष आर्थिक क्षेत्रमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । समूहका अध्यक्ष मीनबहादुर गुरुङ, व्यवसायी उमेश श्रेष्ठसहितको समूहले जगपूजासहित बुधबार उद्योगको शिलान्यास गर्नु भएको छ । त्यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । स्थानीय जनशक्तिको परिचालन गर्दै निर्यात वृद्धि मार्फत मुलुकको आर्थिक विकासमा योगदान र्पुयाउने लक्ष्य लिइएको भाटभटेनीले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने त्यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको…
नबिल बैंक एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ बाट सम्मानीत
आर्थिक परिवेश२१ जेठ, काठमाडौँ । नेपालको नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ । विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताउनु भयाे । ‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,‘ ज्ञवालीले भन्नु भयाे । नबिल बैंकले आफ्नो स्थापनाकाल देखि नै प्रविधिलाई प्राथमिकतामा…