नेपाल टेलिकमले रोबोट प्रविधिको प्रयोग गरेर ग्राहकलाई सेवा दिन थाल्याे
आर्थिक परिवेश

०२ मंसिर, काठमाडौं ।  नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिनु भयाे  । ‘कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौ,’ उहाँले भन्नु भयाे , ‘सामान्य सोधपुछदेखि एनटीसी सेवाका ६ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ ।’ रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले बताउनु भयाे  । रोबोटले सेवाग्राहीका…

सरकारले उत्कृष्ट करदातालाई सम्मान गर्याे सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम
आर्थिक परिवेश

 ०१ म‌सिर काठमाडौँ ।    सरकारले उत्कृष्ट करदाताहरु लाई शनिवार एक विशेष समाराेहकाे अायाेजना गरी सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शनिवार सम्मान गरेकाे हो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवम् पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतञ्जलि आयुर्वेद, बैङ्क वित्तीय संस्था र बिमाको कारोबार…

तिहारलाई झण्डै २ अर्ब १५ करोड बराबरको सुख्खा फलफुल तथा मिठाई नेपालमा  भित्रियाे
आर्थिक परिवेश

१७ कार्तिक, विरगञ्ज ।     दिपावलीलाई लक्षित गरी वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफुल, ड्राई फ्रुट्स, भाई मसला चकलेट तथा अन्य फलफुल गरी झण्डै २ अर्ब १५ करोड बराबरको सुख्खा फलफुल तथा मिठाई नेपालमा  भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै १ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ चकलेट आयात भएको छ भने केरा, स्याउ, अनार लगायतका फलफुलहरु झण्डै ४४ करोड ५० लाख भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटीकामा दिदी–बहिनीले दाजुभाइलाई टीका…

नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम
आर्थिक परिवेश

१४ कार्तिक, काठमाडौं ।    नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै बुधवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल भारतलाई  हराउदै साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश
आर्थिक परिवेश

 ११ कार्तिक,  काठमाडौँ ।     नेपाल भारतलाई  हराउदै साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् । मध्यान्तरपछिको…