दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
आर्थिक परिवेश

३२ जेठ, हेटौंडा ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको उल्लेख गर्नुभयो । “केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने छ…

नेपालकाे ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको छ : शक्तिबहादुर बस्नेत
आर्थिक परिवेश

३२ जेठ, काठमाडौं ।  ऊर्जा, सिँचाइ तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले  नेपालमा ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताउनुभएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उहाँले राजनीतिक परिवतनपछि ऊर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताउनुभयो । विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उहाँको भनाइ थियो । तीनवटै तहका सरकार, नीजि क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिनुभययो । समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री…

रुग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नु आवश्यक छ : प्रधानमन्त्री
आर्थिक परिवेश

३१ जेठ, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताउनुभएको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरुरी भएकोमा जोड दिनुभएको हो । छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ। त्यसैले कुन कुन उद्योगहरू पुनःसञ्चालन गर्न…

५ हजार ३ सय वडाहरुको मुख्य राजस्वको स्रोत अहिले पनि भूमि तथा मालपोत कर
आर्थिक परिवेश

३० जेठ, काठमाडौ ।   देशभरका ६ हजार ४ सय ४३ वडाहरु मध्ये ५ हजार २ सय ९४ वडाहरुको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको देखिएको छ । राजस्वको प्रमुख स्रोत भूमि तथा मालपोत कर रहेका वडाहरु ७८.५ प्रतिशत रहेको केन्द्रीय तथ्याड.क कार्यालयको तथ्याडकले देखाएको छ । तथ्याड.क कार्यालयको प्रतिवेदन अनुसार राजस्वको प्रमुख स्रोतको रुपमा सेवा शुल्क दस्तुर रहेका वडाहरुको संख्या ६९.१ प्रतिशत, सम्पती कर मुख्य रहेका वडाहरुको संख्या ५३.५ प्रतिशत, व्यवसाय कर मुख्य रहेका वडाहरुको संख्या ५२.८ प्रतिशत, घरबहाल कर प्रमुख स्रोत रहेका वडाहरुको संख्या ३२.२ प्रतिशत रहेको छ । देशभरका वडाहरुको मख्य राजस्वको स्रोतमा यी बाहेक दण्ड…

सूचना प्रविधि क्षेत्रको नीतिगत तथा पूर्वाधार विकास सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री पुन
आर्थिक परिवेश

२९ जेठ, काठमाडौं ।   अर्थमन्त्री वर्षमान पुनले सरकारले सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माण र नीतिगत सहजता प्रदान गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजनले) काठमाडौमा आयोजना गरेको ‘सूचना प्रविधि दशकः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पुनले सूचना प्रविधिलाई अर्थतन्त्रको संबाहकका रुपमा अघि बढाएको बताउनु भएको हो । आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधि क्षेत्रको विकासलाई केन्द्रमा राखेको अर्थमन्त्री पुनले बताउनु भयो । जलविद्युत् क्षेत्रको विकासका लागि डेढ दशकअघि सरकारले लिएको नीतिको निरन्तरता अहिलेसम्म पनि कायम रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले सरकार परिवर्तन हुँदैमा सरकारका नीति परिवर्तन नहुने स्पष्ट पार्नुभयो । कार्यक्रममा सञ्चार तथा…